१८ चैत्र २०८२, बुधबार | April 1, 2026

हुम्लामा वर्षकै ठूलो हिमपात, भारी हिमपातले जनजिवन प्रभावित



सिमिकोट । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ ।

एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ ।

हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए। उनले भने ‘यस वर्षकै ठूलो हिमपात भयो । घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन्।’ अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएका छन् ।

निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए । हिमपातले अहिलेसम्म घटना नघटेको पनि जनाइएको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ९ : ०० बजे

लायन्स क्लब अफ बुटवल तिलोत्तमा र तिलोत्तमा मायादेवीमा नयाँ नेतृत्व चयन

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब

प्रहरी कार्यालयमा विचौलिया निषेध गर्न आइजिपी कार्कीको कडा निर्देशन

बुटवल । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सेवाग्राहीलाई समस्या पार्ने गरी

ओलीले हिरासतबाटै बादललाई तोके एमालेको कार्यवाहक अध्यक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी उपाध्यक्ष रामबहादुर

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको नेतृत्वमा पंकज राईको उम्मेदवारी घोषणा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति (ट्रक) को नेतृत्वका लागि

मार्चमा आए एक लाख २० हजार पर्यटक

काठमाडौं । सन् २०२६ को मार्चमा एक लाख २० हजार