२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

एमाले बाजुरा अधिवेशन : प्रतिनिधि सडकमा कठ्याग्रिँदै, नेता न्यानो कोठाभित्र सहमति खोज्दै



बाजुरा । नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशन अन्य जिल्लामा जस्तै शुक्रबारबाटै सुरू भएको छ । तर तेस्रो दिन पनि नेतृत्व चयन हुन सकेको छैन ।

नेतृत्व चयनका लागि सहमतिको प्रयास भन्दै नेताहरू न्यानो कोठाबाट बाहिर निस्केका छैनन भने प्रतिनिधिहरू चिसो सडकमा कठ्याङ्ग्रिन बाध्य छन् । पुसको सिमसिम पानीमा प्रतिनिधिहरू सडकमा नेताहरूको आदेशको पर्खाइमा छन् । २२ पुसमै सदरमुकाम पुगेका प्रतिनिधिहरू दिनहुँजसो सडकमा यत्रतत्र भौतारिरहेको मात्रै देखिन्छन् ।

प्रतिनिधिहरूका अनुसार महाधिवेशन लम्बिदा खर्च सकिन थालेको छ । चिया खाजा खाने पैसासमेत नभएपछि दिनभर सडकमै गफ गरेको बस्न थालेको उनीहरूको भनाइ छ । यता, नेताहरू आन्तरिक छलफल भन्दै चिसोको डरले न्यानो कोठाबाट बाहिर निस्केका देखिदैनन् । शनिबार बन्दसत्र सम्पन्न गर्नुपर्ने पार्टीको पूर्वघोषणा थियो । तर आइतबारसम्म पनि बन्दसत्र सुरू भएको छैन ।

आकांक्षी धेरै भएका कारण सहमति हुन नसकेको हो । एक जना अध्यक्ष पदका लागि चार जनाको उम्मेवारी छ । एमालेभित्र पनि दुई वटा गुटको हालिमुहाली हुँदा कसलाई सहमति गर्ने भन्ने टुंगो लाग्न नसकेको प्रतिनिधिहरूको गुनासो छ ।

एमालेका स्थानीय कमिटी सदस्य कर्णबहादुर थापाको प्यानलमा लालबहादुर ओली रहेका छन् । भने सांसद लालबहादुर थापाको प्यानलबाट कालिबहादुर शाहीले अध्यक्ष दाबी गरिरहेका छन् । -न्युज कारखाना

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ५ : ०६ बजे

करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन असोज ३१ सम्म बिल प्रविष्ट गर्नुपर्ने

काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

कञ्चनपुर । दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी

डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

दमौली । कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र

जाजरकोटमा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई

भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रसबीचमा सहकार्य, तत्काल एक लाख नगद प्रदान गरिँदै

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित