२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

एमाले खोटाङले कार्यकर्ता संरक्षण कोष खडा गर्ने



खोटाङ । नेकपा (एमाले) खोटाङले कार्यकर्ता संरक्षण कोष खडा गर्ने निर्णय गरेको छ ।

शनिबार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट निर्वाचित एमालेको नयाँ नेतृत्वले सम्मेलन गर्दै समस्यामा परेका आफ्नो नेता तथा कार्यकर्ताको सहयोगका लागि कार्यकर्ता संरक्षण कोष खडा गर्ने निर्णय गरेको जानकारी दिएको हाे ।

एमाले अध्यक्ष रामप्रसाद दंगालले ‘टोल-टोलमा पार्टी कमिटी, घरघरमा पार्टी सदस्यताको’ नारा कार्यान्वयन गर्दै उनीहरुको सहयोगमा कोष उपयोग गरिने जानकारी दिए ।

विशेषगरी दुर्घट्ना, रोग तथा विभिन्न स्वास्थ्य समस्या निम्तिएको बेला उपचारकालागि कोषको रकम उपयोग गरिने अध्यक्ष दंगालले जानकारी दिए ।

एमाले अधिवेशनले प्रविधिमैत्री पार्टी कार्यालय सञ्चालन गर्ने, पार्टी प्रवेश तथा घर फर्क अभियान सञ्चालन गर्ने, व्यवस्थित संगठन-प्रशिक्षित कार्यकर्ता उत्पादन गर्ने, युवालाई काम ज्येष्ठलाई सम्मान गर्ने नीति अवम्बन गर्ने जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ८ : ०२ बजे

डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

दमौली । कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र

जाजरकोटमा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई

भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रसबीचमा सहकार्य, तत्काल एक लाख नगद प्रदान गरिँदै

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित

आज नवरात्रको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको आज पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार