२ पुस २०८२, बुधबार | December 17, 2025

एमाले खोटाङले कार्यकर्ता संरक्षण कोष खडा गर्ने



खोटाङ । नेकपा (एमाले) खोटाङले कार्यकर्ता संरक्षण कोष खडा गर्ने निर्णय गरेको छ ।

शनिबार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट निर्वाचित एमालेको नयाँ नेतृत्वले सम्मेलन गर्दै समस्यामा परेका आफ्नो नेता तथा कार्यकर्ताको सहयोगका लागि कार्यकर्ता संरक्षण कोष खडा गर्ने निर्णय गरेको जानकारी दिएको हाे ।

एमाले अध्यक्ष रामप्रसाद दंगालले ‘टोल-टोलमा पार्टी कमिटी, घरघरमा पार्टी सदस्यताको’ नारा कार्यान्वयन गर्दै उनीहरुको सहयोगमा कोष उपयोग गरिने जानकारी दिए ।

विशेषगरी दुर्घट्ना, रोग तथा विभिन्न स्वास्थ्य समस्या निम्तिएको बेला उपचारकालागि कोषको रकम उपयोग गरिने अध्यक्ष दंगालले जानकारी दिए ।

एमाले अधिवेशनले प्रविधिमैत्री पार्टी कार्यालय सञ्चालन गर्ने, पार्टी प्रवेश तथा घर फर्क अभियान सञ्चालन गर्ने, व्यवस्थित संगठन-प्रशिक्षित कार्यकर्ता उत्पादन गर्ने, युवालाई काम ज्येष्ठलाई सम्मान गर्ने नीति अवम्बन गर्ने जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ८ : ०२ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन