१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

एमाले प्रदेश अधिवेशनको मिति सर्‍यो, अब २८ र २९ माघमा हुने



काठमाडौं । एमालेको प्रदेश अधिवेशनको मिति सरेको छ । एमालेले आगामी ८ माघमा तीन सय ३० प्रदेशमा अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरेको थियो ।

तर, कोभिड महामारी पुनः फैलिएसँगै एमालेको प्रदेश अधिवेशन पनि प्रभावित बनेको छ । पछिल्लो समय कोरोना संक्रमण तीव्र फैलिरहेको छ । यही बेला एमालेका जिल्ला अधिवेशन चलिरहेको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

काठमाडौं, ललितपु र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले सार्वजनिक स्थानमा भेला र समारोहमा रोक लगाउने तयारी गरेसँगै एमालेले प्रदेश अधिवेशनको मिति सारेको हो ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ८ माघमा तय भएको प्रदेश अधिवेशन सरेको जानकारी दिए । ८ माघका लागि तोकिएका एमालेका प्रदेश अधिवेशनहरू २८ र २९ माघका लागि सारिएको उनले बताए ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  २ : १९ बजे

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि