५ श्रावण २०८३, मंगलबार | July 22, 2026

सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण दर



धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमण दर बढ्न थालेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पुस २२ गते यता प्रदेशमा निरन्तर संक्रमण दर उच्च छ ।

पुस २२ गते सुदूरपश्चिममा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पुस ३२ गते १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा पुस २४ गते १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

पुस २५ गते केही घटेको संक्रमण दर २६ गते देखि फेरी उकालो लागेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पुस २५ गते ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर, पुस २६ गते संक्रमण दर बढेर १ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो । यसैगरी पुस २७ गते (मंगलबार) १ सय ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

भारतमा रहेका नेपालीहरू स्वदेश फर्कन थालेपछि संक्रमणदर बढ्न थालेको हो । भारतमा कोरोना संक्रमणदर बढेपछि त्यहाँ कार्यरत नेपाली धमाधम स्वदेश फर्कन थालेका छन्,’ सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भने, ‘जसका कारण कोरोना संक्रमण दर बढेको देखिन्छ ।’ उनले समुदाय स्तरमा भने कोरोना संक्रमण खासै नदेखिएको बताए । ‘अहिले भारतबाट नेपाल आउने नेपालीको संख्या बढ्नथालेको छ,’ प्रवक्ता कार्कीले भने, ‘उनीहरूको स्वास्थ्य परीक्षण गर्दा संक्रमणदर बढेको देखिन्छ, समुदाय स्तरमा भने संक्रमण फैलिएको पाइएको छैन ।’

उनले भारतबाट आउने नागरिकलाई व्यवस्थित गर्न सके समुदाय स्तरमा फैलिने कोरोना संक्रमण केही हद सम्म रोक्न सकिने बताए । ‘भारतबाट आएका मध्य सङ्क्रमित भएका व्यक्तिले आइसोलेसनमा बस्ने र स्वास्थ्य व्यक्तिले स्वस्फुर्तरुपमा १० दिन सम्म क्वारेन्टिनमा बस्ने गरिदिए समुदाय स्तरमा संक्रमण फैलनबाट रोक्न सकिन्थ्यो,’ उनले भने, ‘तर क्वारेन्टिनको पालना खासै भएको पाइँदैन, यो चिन्ताको विषय बनेको छ ।’

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिचममा मंगलबार थपिएका कोरोना संक्रमितसँगै कोरोना संक्रमण पुष्टि हुनेको कुल सङ्ख्या ४९ हजार २ सय २५ पुगेको छ । निर्देशनालयका अनुसार मंगलबार प्रदेशबाट ५३ जना कोरोना मुक्त भएका छन् । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ४८ हजार ५२ पुगेको छ ।

सुदूरपश्चिममा मंगलबार सम्म कोरोना संक्रमणका कारण ६ सय १४ जनाको मृत्यु भएको छ । मंगलबार भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ । सुदूरपश्चिममा मंगलबार २ सय ९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ६ : ३४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं