४ बैशाख २०८१, मंगलबार | April 17, 2024

संघीय मन्त्री प्रेम आले सवार गाडीलाई निजी कारले ठक्कर दियो



धनगढी । सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले सवार गाडी दुर्घटनामा परेको छ। कैलालीको धनगढीमा भएको दुर्घटनामा मन्त्री आले सवार गाडीलाई क्षति पुगेपनि उनी सकुशल रहेको प्रहरीले जनाएको छ । मन्त्री आले चढेको सु.प. प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको हो।

धनगढी बिमानस्थलबाट ६ लेन सडक क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको हो । गाईलाइ ठक्कर दिएर अनियन्त्रित भएको कारले मन्त्रीको गाडीलाई ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

आफु सवार गाडी दुर्घटनामा परेपछि मन्त्री आले अर्को गाडी प्रयोग गरेर महेन्द्रनगर लागेका थिए । गाडी चालक र गाडी प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ९ : ३८ बजे

जिएमई रेमिटबाट पैसा पठाउँदा पठाए पटक क्यास ब्याक

काठमाडौं । रोमानियाबाट जिएमइ रेमिट प्रा.लि मार्फत नेपालमा पैसा पठाउँदा

आम्दा अस्पताल ३०० शैयामा स्तर बृद्धि, अव पाठेघरको क्यान्सरको उपचार आम्दाबाटै

बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आम्दा अस्पतालको स्तरउन्नतिका

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई

बुटवलको कालिकानगरमा बेष्ट ईस्टिच्युट संचालन

बुटवल । बुटवलको कालिकानगरमा बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि