२ पुस २०८२, बुधबार | December 17, 2025

लोहियाको अध्यक्षतामा प्रेस चौतारी बैतडीको जिल्ला कमिटी गठन



बैतडी । प्रेस चौतारी नेपाल बैतडीको अध्यक्षमा पत्रकार चन्द्र प्रकाश लोहिया सर्वसम्मत चयन भएका छन् ।

चौतारीको छैटौं जिल्ला अधिवेशनले पत्रकार लोहियाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा प्रकाश चन्द्र भट्ट, सचीवमा गोबिन्द पन्त, उपसचिवमा मंगेश दयाल तथा कोषाध्यक्षमा दिपेन्द्र भण्डारी चयन भएका छन् ।

मंगलबार जिल्ला सदरमुकाम स्थित भूमिमा सहकारी संस्थाको सभाहलमा भएको जिल्ला अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथी बैतडीबाट निर्वाचित प्रदेशसभा सांसद एवं नेकपा (एमाले)का केन्द्रीय सदस्य लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा समाजवादी प्रेस संगठनका प्रदेश अध्यक्ष नरेन्द्र भट्ट, एमाले बैतडीका उपसचिव सरस्वती नेपाली लगायतको सहभागिता थियो भने जिल्ला स्थीत बिभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरु सहभागी थिए ।

उद्घाटन समारोहको सम्बोधन गर्दै प्रदेश सांसद भट्टले पत्रकारहरुका हकहितका लागि आफ्नो तहबाट सकिने पहल थाल्ने बताएका छन् । ‘पत्रकारहरु पलायन हुने अवस्थालाई रोक्न सरकारले भूमिका खेल्नुपर्ने जरुरी देखिन्छ ।

मिडियाहरुलाई अहिले पहुँचका आधारमा मात्रै बिज्ञापन वितरण गरिएको पाइन्छ । काम गर्ने भन्दा चाकडी गर्नेहरुले लाभ लिइरहेकाले यो पद्धती हटाउनु जरुरी छ ।’

नव निर्वाचित कमिटिका अध्यक्ष लोहियाले बैतडी जिल्लाका पत्रकारहरुको पेशागत हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनी बिगत १४ वर्ष यता बैतडीमा क्रियाशील पत्रकारको रुपमा रहेका छन् ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ७ : ५३ बजे

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि