१५ बैशाख २०८१, शनिबार | April 27, 2024

युवतीको हत्या गर्ने पुरुष २० वर्षपछि पक्राउ



इलाम । युवतीको हत्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ ।

सूर्योदय नगरपालिका-३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।

मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए ।

इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीको विशेष खोज अनुसन्धानबाट आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका राईमाथि निगरानी बढाएर पक्राउ गर्न सफल भइएको हो ।

घटना आफूले घटाएको अभियुक्तले स्वीकार गरेको प्रमुख श्रेष्ठले बताए । प्रहरीका अनुसार पक्राउ परेका राईमाथि थप अनुसन्धान जारी रहेको बताइएको छ । रासस

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ८ : २२ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको