१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

टिचिङ अस्पतालमा एकैपटक ६० भन्दा धरै डाक्टर र नर्समा कोरोना संक्रमण



काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) अस्पतालमा चिकित्सक, नर्ससहित ६० जना भन्दा धेरैलाई कोरोना संक्रमण भएको छ । एकैपटक यति धेरैको संख्या चिकित्सक नर्स लगायतका स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा सञ्चालनमा समस्या पर्ने देखिएको छ ।

कन्ट्याक ट्रेसिङमा परका डाक्टर र नर्सहरुको कोरोना जाँच गर्दा बिहीबार ६० भन्दा धेरैमा संक्रमण पुष्टि भएको र अरुको रिपोर्ट आउने क्रममा रहेको अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेको भनाइ छ ।

अस्पतालको मेडिकल आईसीयुमा उपचारत बिरामीमा कोरोना संक्रमण देखिएपछि उनको जाँच र उपचारमा खटिएका डाक्टर र नर्सलगायतको कोरोना परीक्षण गरिएको थियो ।

एकैपटक ठूलो संख्यामा कोरोना पोजेटिभ आएको र अरुको रिपोर्ट आउने क्रममा रहेपछि अस्पतालबाट प्रवाह हुने सेवामा समस्या पर्ने काफ्ले बताउँछन् ।

चिकित्सक, नर्स र स्वास्थ्यकर्मी एकैपटक संक्रमित हुँदा कतिपय वार्डलाई मर्ज गर्ने तयारी अस्पतालले गरेको छ ।

पछिल्ला दिनमा देशभर र काठमाडौंमा समेत संक्रमित र मौसमी बिरामीको संख्या बढ्न जाँदा अस्पतालहरुमा बिरामीको चाप बढेको छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ९ : ५५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम