१८ चैत्र २०८२, बुधबार | April 1, 2026

स्थानीय तहको निर्वाचन समयमै गराउने वातावरण बनाउन दलहरूको सुझाव



काठमाडौं । राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचन समयमै गराउने पहल गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

आज आयोगको कार्यालयमा भएको सर्वदलीय बैठकमा नेताहरूले तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने सुझाव दिएका हुन् ।

बैठकबाट बाहिरिनेक्रममा कांग्रेस नेता रमेश लेखकले माघ १२ को राष्ट्रियसभा निर्वाचनमा मतदान केन्द्र बढाउन सुझाव दिएको बताए ।

छलफलमा विभिन्न दलका नेताहरुले राष्ट्रिय सभा निर्वाचनका लागि अहिले तोकिएको निर्वाचन केन्द्रहरु थप गर्न माग गरेका छन्। आयोगले प्रदेश २ का लागि दुईवटा र अन्य प्रदेशका लागि एकएक वटा निर्वाचन क्षेत्र तोकेको छ ।

आफूहरुले निर्वाचन केन्द्र थप गर्न माग गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनले भने, ‘कोरोना संक्रमणको स्थितिलाई हेर्दा निर्वाचन केन्द्र थप्नुपर्छ । सकेसम्म प्रत्येक जिल्लामा र नभए दुई तीन जिल्लाको बीचमा राखेर जान सकिन्छ भने त्यतातिर सोच्न भनेका छौं’, उनले भने ।

यसैबीच आयोगले पहिलो चरणमा गर्ने भए २०७९ वैशाख १४ र दुई चरणमा गर्ने भए १४ र २२ गते चुनाव गर्न प्रस्ताव गरेको छ ।

आयोगको प्रस्तावमा नेकपा एमालेले समर्थन जनाएको छ ।

‘स्थानीय तहको निर्वाचन वैशाख १४ र २२ गते गर्न उपयुक्त हुन्छ भनेर आयोगले प्रस्ताव गरेको छ । यसबारे सरकारले छलफल गरेर टुंगोमा पुर्‍याउने छ,’ कांग्रेस केन्द्रीय सदस्य लेखकले भने, ‘आयोगले प्रस्ताव गरेको छ । यही तिथि मितिमा गर्ने कि के गर्ने भन्ने सरकारले निर्णय गर्ला ।’

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले जेठ ५ गतेभित्र निर्वाचित पदाधिकारीले कार्यभार सम्हाल्ने गरी स्थानीय तहको निर्वाचन गर्न अयोगलाई ध्यानाकर्षण गराएको बताए ।

उनले भने, ‘वैशाख १४ र २२ गते चुनाव गर्ने आयोगको प्रस्तावलाई हामीले समर्थन गरेका छौं, जेठ ५ गते अगावै पदभार सम्हाल्ने गरी चुनाव हुनुपर्छ भनेका छौँ ।’

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ३ : १९ बजे

खड्का-कोइराला पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा

देशकै ठूलो यातायात संस्था : पश्चिम नेपाल बसको छैठौं साधारणसभा फरक शैलीमा

बुटवल । नेपालकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बस

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको