२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

कोरोना बढेसँगै कालिकोटमा प्रशासनको कडाइ



सुर्खेत । जिल्ला प्रशासन कार्यालय कालिकोटले कोभिड-१९ संक्रमण नियन्त्रणका लागि भन्दै ५ बुँदे निर्देशन जारी गरेको छ । कोभिड-१९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस एवं गृह मन्त्रालयको निर्णय शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आदेश जारी गरेको हो ।

जस अनुसार सार्वजनिक स्थलमा हुने सबै प्रकार राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सार्वजनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम तथा भेला, मेला महोत्सव आयोजना नगर्ने, सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम आयोजना नगर्ने अत्यावश्यक र पहिल्यै तय भैसकेका हकमा स्थानीय प्रशासनको अनुमति लिएर कोभिड-१९ को स्वास्थ्य सम्बन्धी सुरक्षा मापदण्ड अपनाएर कार्यक्रम गर्न निर्देशन जारी गरेको छ ।

सार्वजनिक स्थान (कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, पार्क) मा प्रवेश गर्दा अनिवार्य कोभिड-१९ विरुद्ध खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र ती निकायले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउनु पर्ने जिल्ला प्रशासन कालिकोटले जारी गरेको सूचनामा जनाइएको छ । यद्यपि, यो व्यवस्था माघ ७ गतेपछि मात्र लागू हुने कालिकोट प्रशासनले जनाएको छ ।

त्यस्तै, माघ ७ गतेदेखि सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गर्ने र सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने, यात्रु प्रवेश गर्ने ढोकामा स्यानिटाइजर राख्ने र प्रयोगको व्यवस्था गर्नुपर्ने निर्देशन जारी गरिएको छ ।

कोभिड-१९ को बढ्दो संक्रमणलाई दृष्टिगत गरी घर बाहिर वा सार्वजनिक स्थलमा निस्कँदा अनिवार्य मास्कको प्रयोग, भौतिक दूरी कायम गर्ने, समय-समयमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नेलगाएतका स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न गराउन जिल्ला प्रशासन कार्यालयले निर्देशन जारी गरेको हो ।

जिल्लामा कोभिड-१९ संक्रमणको दर बढेकाले जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2022/01/KaLKaTa_JaLLKa_PaRaMaKha_JaLL_aThhaKaRaVaTa_JaRa_GaRaeKa_aaThaSha_._0001.pdf”]

 

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ७ : १७ बजे

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक

रोल्पा बोटलबारा पहिरो अपडेट : १० जना बेपत्ता, खोजी जारी

रोल्पा । रोल्पास्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता

किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको विरोधमा

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ