५ श्रावण २०८३, मंगलबार | July 22, 2026

अर्घाखाँची प्रहरीको प्रश्न- हजुरको मास्क खोइ ?



अर्घाखाँची । अर्घाखाँची जिल्लामा सम्भावित कोभिड जोखिमलाई मध्यनजर गर्दै अर्घाखाँची प्रहरीले सचेतना अभियान सुरु गरेको छ ।

आधा दर्जन तल झरेको सक्रिय संक्रमितको संख्या उकालो लागेर दुई दर्जन पुग्न थालेपछि स्वास्थ्य सचेतना फैलाउँदै प्रहरी घरघरमा जान सुरु गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा अनिवार्य खोप लगाउन आग्रह गर्दै प्रहरी चोक चोकमा पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिए ।

अनावश्यक रूपमा बजारमा हिँडडुल नगर्न तथा हिँड्नुपर्ने अवस्था आए स्वास्थ्य सावधानीको साथ अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरिएको शाहले जानकारी दिए ।

हाल दिनानुदिन दिन बढ्दै गई रहेको ओमिक्रोन तथा कोभिड १९ को संक्रमणबाट बच्नको लागी अनिवार्य रूपमा कोभिड सम्बन्धी खोप लगाऔं, माक्सको प्रयोग गरौँ, सामाजिक दूरी कायम गरौँ, अनावश्यक रूपमा हिँडडुल नगरी पूर्ण रूपमा स्वास्थ्य मापड्ण्डको पालना गरौँ, जस्ता नाराहरू उल्लेखित प्लेकार्डसहित बजार परिक्रमा गरेको प्रहरी टोलीले आज करिब ५ सय जनालाई मास्क वितरण गरेको थियो ।

अर्घाखाँची जिल्लामा आउन सक्ने सम्भावित जोखिमलाई निरुत्साहित गर्न आफूहरूले सक्रियता थालेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख अमरबहादुर थापाले जानकारी दिए ।

हाल अर्घाखाँचीमा २३ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् भने कोभिडबाट हालसम्म अर्घाखाँचीमा ९१ जनाले ज्यान गुमाएका छन् ।

 

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ८ : ३१ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं