९ कार्तिक २०८३, सोमबार | October 26, 2026

घरेलु मदिरा खोज्दै नष्ट गर्दै अर्घाखाँची प्रहरी



अर्घाखाँची । स्थानीयतहका गाँउसभाबाट धमाधम् घरेले मदिरालाई ब्राण्डिङ गर्ने निर्णय पारित हुँदै गर्दा अर्घाखाँची प्रहरीलाई भने घररेले मदिरा नष्ट गर्न भ्याइनभ्याई भएको छ । सन्धिखर्क नगरपालिका क्षेत्रभित्रमात्र आज प्रहरीले ८ सय लिटर मदिरा र मदिराको कच्चा पदार्थ बरामद गरेर नष्ट गरेको छ ।

समुदाय(प्रहरी साझेदारी कार्यक्रम को सक्रियतामा अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत आजैमात्र सन्धिखर्क नगरपालिका १ का विभिन्न स्थानहरुमा प्रहरीले छापा मारेर रक्सी बनाउनको लागि तयारी अवस्थामा राखिएको कच्चा पदार्थ र तयारी अवस्थामा रहेको अन्दाजी ७९५ लिटर बरामद गरेको प्रहरीले जनाएको छ । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त वडा एरियाका विभिन्न स्थानहरुमा चेकजाँच गर्दा रक्सी बनाउनको लागि तयारी अवस्थामा राखिएको कच्चा पदार्थ र तयारी अवस्थामा रहेको अन्दाजी ७९५ लिटर बरामद गरेको अर्घाखाँची प्हरी प्रमुख अमर बहादुर थापाले जानकारी दिए ।

बरामद भएको घरेलु मदिरा तथा कच्चा पदार्थलाई कार्यालयको परिसर भित्रै खाल्डो खनेर नष्ट गरेको नायव प्रहरी उपरिक्षक थापाले बताए ।

प्रहरी प्रमुखकारुपमा हालै सरुवा भएर अर्घाखाँची प्रहरीको कमाण्ड सम्हाल्न पुगेका थापाले जिल्लामा कानुन पालना गर्ने र गराउने कार्यमा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ९ : ०४ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको