९ कार्तिक २०८३, सोमबार | October 26, 2026

अर्घाखाँचीमा हजुरआमाले नातीनीलाई यौनकार्यमा लगाए, १४ वर्षिया बालिका बलात्कार आरोपमा दुईजना पक्राउ



अर्घाखाँची । अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाको एउटा वार्डमा हजराआमा नाता पर्ने एक महिलाले १४ बर्षकी नातीनी नाता पर्ने बालिकालाई यौनकार्यमा लगाउने गरेको खुलासा भएको छ । ४० वर्षिया ती महिलाले बालिकाको घरबाट घर परिवारलाई कुनै जानकारी समेत नगराई चाउचाउ, बिष्कुट खुवाउने आश्वासन तथा लोभलालच समेत देखाई बालिकालाई यौनकार्यमा लगाउने गरेको प्रहरीले जनाएको छ ।

गत जेठ १ गते रातको समयमा हजुरआमा नाता पर्ने महिलाको घरमै अर्घाखाँची शितगंगा नगरपालिका वार्ड नं. १४ बस्ने २२ वर्षिय ओम प्रकाश न्यौपानेबाट जवरजस्ती करणी गराई पैसा समेत लिएको तथा पटक पटक जंगल लगायत बिभिन्न स्थानमा लगी यौनकार्य गराउने गरेको भन्ने उजुरीका आधारमा प्रहरीले ४० वर्षिया महिला र करणी गर्ने न्यौपानेलाई पक्राउ गरेको अर्घाखाँची प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती कररणी सम्बन्धी कसुरमा मुद्धा दर्ता गरि अनुसन्धान भई रहेको अर्घाखाँची प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा निज बालिका हजुर आमासँग बस्ने र स्थानिय विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने गरेकोमा पछिल्लो समयमा विद्यालय समेत जान छाडेकी र घरमा समेत बेला बेलामा बेपत्ता भई मध्य रातसम्म घर बाहिर रहने गरेको पाइएको पौडेलले बताए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : ३४ बजे

आजदेखि एनपीएलको तेस्रो संस्करण, उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाली क्रिकेटको चर्चित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै