१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

विश्व इतिहासमा आजः एल साल्भाडोरको गृहयुद्ध अन्त्यदेखि रोमन साम्राज्य स्थापनामा



काठमाडौं । आज १६जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

एल साल्भाडोरको गृहयुद्ध अन्त्य

सन् १९९२ मा एल साल्भाडोरको गृहयुद्ध अन्त्य भएको थियो । १२ वर्ष लामो गृहयुद्धमा ७५ हजार जनाको मृत्यु भएको थियो भने अन्य हजारौं मानिस घाईते र लाखौं विस्थापित भएका थिए ।

अमेरिकामा मदिराजन्य पदार्थमा रोक

सन् १९१९ मा अमेरिकामा रक्सी, मदिराजस्ता मादक पर्दाथ बनाउन, बिक्री गर्न र आयात तथा निर्यात गर्न रोक लगाइएको थियो । १६ जनवरीमा संविधानमा गरिएको १८औं संशोधनमार्फत अमेरिकामा मदिराजन्य पदार्थमा रोक लगाइएको थियो ।

पर्सियाली युद्ध सुरु

सन् १९९१ मा पर्सियाली खाडी युद्ध सुरु भएको थियो । सन् १९९० मा इराकले कुवेतमा अतिक्रमण गरेपछि सन् १९९१ को १६ जनवरीमा अमेरिका नेतृत्वको पश्चिमा वायु फौजले इराकमाथि हमला गरेको थियो । २८ फेब्रुवरीमा युद्धविराम घोषणा नहुन्जेल अमेरिकी नेतृत्वको सेनाले हमला गरेको थियो ।

रोमन साम्राज्य स्थापना

२७ बीसीमा रोमन साम्राज्य स्थापना भएको थियो । रोमन साम्राज्यको पहिलो शासक अगस्टस हुन् । उनले २७ बीसीदेखि १४ एडीसम्म (मृत्युपर्यन्त) रोमनमा शासन गरेका थिए । उनलाई मानव इतिहासमै एक प्रभावकारी नेताको रुपमा चिनिन्छन् ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ७ : २१ बजे

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड