२८ आश्विन २०८३, बुधबार | October 14, 2026

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम



जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ ।

प्रदेश २ प्रदेशसभामा सोमबार भएको मतदानमा जनकपुरधाम राजधानी राख्न दुई तिहाई सांसदहरुले मतदान गरेपछि स्थायी राजधानीको टुंगो लागेको हो ।

जनकुपुरलाई प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा भएको मतदानमा प्रदेशसभामा उपस्थित ९९ सांसदमध्ये ७८ जनाले पक्षमा मतदान गरेका छन् ।

त्यसपछि, सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसदले मतदान गरेको र पक्षमा दुई तिहाइ भन्दा बढी मत रहेको बताउँदै प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरेका छन् ।

प्रस्ताव अनुसार प्रदेशको राजधानी धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्वपश्चिम राजमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग समेटिएको जनकपुरधाम रहने उल्लेख छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ४ : ११ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार

सांसद खगेन्द्र सुनारले गरे अडियो प्रकरणमा जोडिएकी महिलाको बचाउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै

‘अव्यवस्थित पार्किङ, जिर्ण सडक र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना बढ्यो’

नेपालगन्ज । अनुशासीत र मर्यादित भएर यातायात ब्यवसाय गर्न सके

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका