२ पुस २०८२, बुधबार | December 17, 2025

अफगानिस्तानमा भूकम्प : कम्तिमा २६ को मृत्यु, दर्जनौं घाईते



काबुल । अफगानिस्तानमा आएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प जाँदा अन्य दर्जनौं घाईते भएका छन् । भूकम्पबाट बादघिज प्रान्तको क्वादिस जिल्ला सबैभन्दा बढी प्रभावित छ ।

घर भत्किएर पुरिँदा अधिकांश व्यक्तिको मृत्यु भएको हो । ‘पाँच महिला, चार बालबालिकासहित २६ जनाको मृत्यु भएको छ,’ बादघिज प्रान्तका प्रवक्ता बाज मोहमदा सरवारेले भने ।

भूकम्पबाट सोही प्रान्तको मुक्र जिल्ला पनि प्रभावित भएको प्राप्त विवरणहरुमा जनाइएको छ । भूकम्पले पु¥याएको क्षतिको वृस्तिृत विवरण सार्वजनिक हुन बाँकी नै छ ।

यसअघि नै आर्थिक संकटको सामना गरेको अफगानिस्तानमा भूकम्पका कारण थप संकट निम्तिएको बताइएको छ ।
क्वादिस जिल्ला यसअघि पनि खडेरीका कारण प्रभावित भएको थियो ।

भूकम्पको असर पाकिस्तान र भारतसम्म महशुस गरिएको थियो । – एजेन्सी

 

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ९ : २८ बजे

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौं । यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर

नेपाल-चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपाल-चीन आर्थिक सहकार्य र लगानी