८ बैशाख २०८१, शनिबार | April 20, 2024

बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक



काठमाडौं । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान पौने १० बजेबाट बसिरहेको बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल भैरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार भेटवार्ता भएपछि आजका लागि राजनीतिक समन्वय समितिको बैठक बोलाइएको हो ।

निर्वाचन आयोग, प्रमुख प्रतिपक्ष र नागरिक समाजका तर्फबाट निर्धारित समयसीमाभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने दबाब सरकारलाई बढिरहेका बेला गठबन्धनको बैठक बसेको हो । स्थानीय निर्वाचन कानून बनाएर मात्रै गर्नुपर्ने अडान राख्दै आएका माओवादी केन्द्र र एकीकृत समाजवादीले मौजुदा कानूनअन्तर्गतै रहेर पनि निर्वाचन गर्ने विषयमा सहमत भएका छन् ।

गठबन्धनका शीर्ष नेताहरु सम्मिलित बैठकमा कोरोना भाइरसको तेस्रो लहर नियन्त्रणका विषयमा समेत छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  १० : ४० बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन