१६ बैशाख २०८१, आइतबार | April 28, 2024

धनुषामा प्रहरीमाथि लुटेरा समुहको आक्रमण, एक असई घाइते, पाँच लुटेरा पक्राउ



जनकपुरधाम । गस्तीमा खटिएको प्रहरी टोलीमाथि धनुषामा लुटेरा समूहले आक्रमण गरेको छ ।

लुटेराको आक्रमणबाट एकजना प्रहरी सहायक निरीक्षक घाइते भएका छन् । बटेश्वरी प्रहरी चौकीमा कार्यरत असई मनोज पोखरेलको टाउकोमा चोट लागेको छ । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। टाउकोमा १२ वटा टाँका लगाउनु परेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जनाएका छन् ।

बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित राम्रो चोकमा असई पोखरेलको टोलीले नियन्त्रणमा लिएपछि उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ। महोत्तरीको भंगाह नगरपालिका ७ बस्ने अमित पासवानको घरमा लुटपाट भैरहेको सूचना पाएपछि प्रहरी गस्तीमा निस्किएको थियो ।

प्रहरीले लुटेसा समुहका पाँच जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ११ : २४ बजे

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा