४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोभिड तत्काल अन्त्य हुने संकेत देखिदैन्ः डब्लूएचओ



जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ ले कोभिड संक्रमण अन्त्यको संकेत नदेखिएको जनाएको छ । फ्रान्स, जर्मनी, ब्राजिललगायतका देशमा नयाँ संक्रमिताको संख्याले रेकर्ड तोडिरहेका बेला डब्लूएचओको भनाई आएको हो ।

कोभिडको उच्च संक्रमित नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाई ढाकेको र विभिन्न देशका सरकारहरुले प्रतिबन्धात्मक कदम चालिरहेका छन् । अधिकांश देशहरुले कोभिडविरुद्धको बुस्टर डोज दिन थालेका छन् ।

‘यो महामारीको अन्त्य हुने संकेत देखिदैन,’ डब्लूएचओको प्रमुख टेड्रोस एडहानोम घिब्रिससले जेभेभामा आयोजित एक कार्यक्रममा भने ।

पछिल्लो समय युरोप महामारीको मुख्य केन्द्र बिन्दु बनेको छ । फ्रान्समा मंगलबार एकै दिन पाँच लाख संक्रमित भएका थिए भने जर्मनीमा पछिल्लो २४ घन्टामा एक लाख जनामा संक्रमण देखिएको छ । युरोपका अन्य देशहरुमा पनि संक्रमण दर तीव्र फैलिएको छ ।

ओमिक्रोनलाई सामान्य आँकलन नगर्न भन्दै घिब्रिससले नोभेम्बरमा दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको महामारी ल्याटिन अमेरिकाबाट पूर्वी युरोपमा फैलिएको बताएका छन् ।

‘औषतमा ओमिक्रोन कम घातक हुन सक्छ, तर यसको फैलने क्षमता तीव्र छ,’ उनले भने ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १२ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको