३ पुस २०८२, बिहिबार | December 18, 2025

चक्रपथ वरपर ट्राफिक व्यवस्थापनमा समस्या



काठमाडौं । काठमाडौंको चक्रपथ वरपर क्षेत्रमा टिकट काउण्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको छ । काठमाडौँको कोटेश्वर, गौशाला, चावहिल, गोँगबु, माछापोखरी, कलङ्कीलगायतका क्षेत्रमा टिकट काउण्टर र बसपार्क बनाउँदा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार लामो दूरीका सवारीसाधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको छ । लामो तथा छोटो दूरिका सवारीसाधन गोँगबुस्थित नयाँबसपार्क र पुरानो बसपार्कभित्रबाट मात्र सञ्चालन हुनुपर्ने व्यवस्था भए पनि जथाभावी रुपमा सञ्चालन गर्दा सडकमा लामो समयसम्म सवारी जाम हुने गरेको छ ।

नुवाकोट, रसुवालगायतका जिल्लामा सञ्चालन हुँदै आएको नमस्ते पासाङल्हामु यातायात प्रालिका अध्यक्ष कुलबहादुर खड्गीले माइक्रोबस र ठूला बस एकैठाउँबाट सञ्चालन नगर्दा आफूहरु सडकबाट ठूला सवारीसाधन चलाउन बाध्य भएको गुनासो गर्छन् ।

उनले भने, “माइक्रोबस माछापोखरीबाट सञ्चालन हुँदै आएको छ, बसमायात्रा गर्ने यात्रुलाईसमेत माइक्रोबसले ओसार्न थालेपछि हामी माछापोखरीबाट बस चलाउन बाध्य भएका हौँ ।” बस र माइक्रोबसलाई छुट्ने स्टेशन एउटै बनाउनुपर्ने उहाँको भनाइ छ । हाल माछापोखरी क्षेत्रबाट रसुवा र नुवाकोटमा दैनिक ३० भन्दा बढी सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् ।

यस्तै, गोँगबु चोकदेखि नयाँ बसपार्कसम्मको सडकबाट पोखरा, स्याङ्जा, म्याग्दी, बाग्लुङ, बेनी, बुटवल, लमजुङलगायतका स्थानका माइक्रोबस तथा ठूला बस सञ्चालन हुँदैआएका छन् । चितवन र हेटौँडा चल्ने माइक्रोबस भने कलङ्कीको सडकबाट सञ्चालन हुँदै आएका छन् । धादिङ चल्ने ठूला तथा साना सवारीसाधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजुबाट सञ्चालन हुँदै आएका छन् ।

यस्तै जनकपुर, वीरगञ्जलगायका क्षेत्रमा चल्ने सवारीसाधन गौशाला र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन भने पुरानो बसपार्क हुँदै कोटेश्वरबाट सञ्चालन हुँदै आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दास चक्रपथ वरपरका क्षेत्रमा भएको जाम नियन्त्रणका लागि ट्राफिक प्रहरीले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिए।

“साँघुरो सडक र धेरै सवारीसाधन हुँदा सवारी जाम हुने गरेको छ, सडक वरपर टिकट काउण्टर र बस पार्किङले ट्राफिक व्यवस्थापनमा भने फरक पारेको छैन,”उनले भने । प्रवक्ता दासका अनुसार हाल काठमाडौँ उपत्यकामा १८ लाख २० हजार सवारीसाधन सञ्चालनमा छन् भने एक हजार ५९३ ट्राफिक जनशक्ति कार्यरत छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुन्यप्रसाद (सरोज) सिटौला यात्रुको सुविधाका लागि सवारी सञ्चालन गर्दा धेरै ठाउँमा टिकट काउण्टर र बसपार्क भएको हो भन्छन. ।

“यसरी धेरै ठाउँमा टिकट काउण्टर र बसपार्क बनाउँदा काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीसाधनलाई समेत असर परेको छ,” उहाँ भन्नुहुन्छ , “यातायात व्यवस्था विभाग र काठमाडौँ महानगरपालिकाले गरेको निर्णय कार्यान्वय गरेर समस्या नहुने उनको भनाइ छ ।” काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) महानगरपालिकाले लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन पार्किङका लागि नयाँ बसपार्कमा जग्गा उपलब्ध गराएको जानकारी दिइन।

“राजधानी काठमाडौंभित्र प्रवेश गर्ने सार्वजनिक सवारीसाधन ‘सिस्टमेटिङ’ ढङ्गले सञ्चालन हुनुपर्छ भन्ने मान्यता महानगरपालिकाले राखेको छ, सिस्टमबाहिर गएका जोकोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ, मनपरी गर्नुहुँदैन,” उनले भनिन ।

महानगरपालिकाले लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन पार्किङ गर्नका लागि ल्होत्से बहुउद्देश्यीय प्रालिलाई काठमाडौँ महानगरपालिका–२६ विष्णुमति खोलाको किनारामा १६१ रोपनी क्षेत्रफल जग्गा उपलब्ध गराएको छ । सोहीअनुसार ल्होत्सेले विसं २०५६ सालमा नयाँ बसपार्क निर्माण गरेर सञ्चालन गर्दै आएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसाल विभाग र यातायात व्यवसायीबीच विगतमा भएका सहमति कार्यान्वयन नभए विभागले कारबाही गर्ने बताउँछन् । “सहमति कार्यान्वयन नभएको भनेर कसैले विभागमा उजूरी दिएमा हामी अनुगम टोली पठाएर अध्ययन गरी गल्ती भए कारबाही गर्छां”, उनले भने । पछिल्लो समय राजधानी काठमाडौंलगायत देशभर निजी तथा सार्वजनिक सवारीसाधनको सङ्ख्या वृद्धि हुनु र बाटोको विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १२ : ५७ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको