७ आश्विन २०८३, बुधबार | September 23, 2026

किन पाएनन् उपल्लो डोल्पाका सर्बसाधारणले कोभिड-१९ विरुद्धको खोप ?



जाजरकोट । महामारीको रुपमा फैलिएको कोभिड –१९ विरुद्ध लगाइने खोपहरु उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने भएका छन् ।  १२ वर्ष देखि १७ वर्ष सम्म बालबालिकाले मोडना खोप र १७ वर्ष देखि माथीका सर्वसाधारणले भेरोसेल , ६० वर्ष माथीका सर्वसाधारणलाइ बुस्टर खोप अन्य पालिकामा लगाइरहेको भएपनि उपल्लो डोल्पाका तीन पालिकाका कुनै पनि सर्वसाधारणले खोप लगाउन नपाउने भएका हुन् ।

स्वास्थ्य सेवा कार्यालय डोल्पाले  माघ १० देखि माघ १३ गते सम्मा खोप लगाउन मध्य र तल्लो डोल्पाका सर्बसाधारणलाइ मात्र खोप लगाउन सूचना निकालेको छ । तर उपल्लो डोल्पामा खोप लगाउन नसकिने भन्दै कार्यालयले सूचनामा उल्लेख गरेको छ ।

सीसीएमसीसीको बैठकले माघ १६ देखि २० गते सम्मा विद्यार्थीलाइ खोप लगाउनका लागि विद्यालय खोल्ने निर्णय गरिको थियो । सीसीएमसीसीले निर्णय गरेपनि उपल्लो डोल्पामा विद्यार्थीले यो समयमा पनि खोप नपाउने भएका छन् । त्यस्तै खोप कार्ड नभएको व्यक्तिले माघ ७ बाट सरकारी सेवा लिन नपाउने निर्णयले उपल्लो डोल्पाका सर्वसाधारणले पीडित हुने भएका छन् ।

भारी हिमपातका कारण उपल्लो डोल्पाका सर्वसाधारणले कोभिड विरुद्धको खोप लगाउन पाएका छैनन् । उपल्लो डोल्पामा खोप लिएर तीन पालिकाका सर्वसाधारणलाइ लगाउन नसक्ने अवस्था आएपछि यहाँका सर्बसाधारणहरु खोप विहिन बन्नु परेको हो । हिमपातका कारण उपल्लो डोल्पा बन्धक जस्तै भएको छ । बाटो भरी हिउँले पुरिदिएपछि कुनै पनि सेवा उपलल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन् ।

त्यस्तै अन्य बालबालिकालाइ लगाइने नियमित खोप , सुरक्षित सुत्केरी सेवा कात्तिक देखि फागुन मशान्त सम्मा नै बन्द भएको छ । शे फोक्सुण्डो , छाकाताङसुङ र डोल्पोबुद्ध गाउँपालिका भित्रका सर्बसाधारणहरु घरको आंगन भरी हिउँले ५ महिना सदरमुकाम दुनै लगाएतका देशका बिभिन्न ठाउँमा जाने काम पुर्णरुपमा ठप्प हुने गर्दछ ।  त्यस्तै ती पालिकामा खटिने स्वास्थ्यकर्मी , महिला स्वंयमसेविकले समेत खोप नपाएको निर्मित स्वास्थ्य सेवा व्यवस्थापक टेकबहादुर गुरुङले बताए ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ८ : १८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई