१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

जगदुल्ला जलविद्युतको विद्युत बाँफिकोटको सव स्टेशनमा जोडने



जाजरकोट । १०६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत रुकुम बाँफिकोटमा रहेको नेपाल विद्युत प्राविकरणको सव स्टेशनमा जोड्ने गरि सम्झौता भएको छ ।

नेपाल विद्युत प्राधिकरण र जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड बीच ग्रिड जडान सम्झौता २० जनवरी २०२२ मा सम्झौता भएको हो । यो सम्झौतासँगै आयोजनाबाट उत्पादन हुने विद्युत खरिद , विक्री कार्य समेत सुरु भएको छ । आयोजना निर्माणका लागि बैंक सँगको सम्झौता समेत एक महिना भित्र हुने भएको छ ।

आयोजना निर्माणका लागि अझैं सडक , पुलहरु निर्माण कार्य बाँकी रहेको छ । जटिल भुभागमा निर्माण हुन लागेको यो आयोजना छिटो गर्ने भनिएपनि पुर्वाधारको काम गर्नका लागि सामग्री ढुवानी गर्ने कार्य निकै चुनौती पुर्ण रहेको छ ।

तल्लु र त्रिबेणी स्थित भेरी नदीमा ठुला पुलहरु निर्माण हुँन बाँकी रहेको छ । त्यस्तै त्रिबेणी देखि विद्युत उत्पादन गृह इल सम्मको सडक कडा चट्टानै ,चटानले बनेका कारण सबै ठाउँमा विस्फोटन गर्नुपर्ने बाध्यता रहेको निमित कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए । नलगाड नगरपालिकाको दानीपिपलमा ४०० केभीको सव स्टेशन निर्माण कार्य जारी रहेकोले जगदुल्लाको बिद्युत बाँफिकोटमा जडानका लागि सम्झौता भएको हो ।

 

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ९ : १४ बजे

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका

अन्तरराष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन