१२ बैशाख २०८३, शनिबार | April 26, 2026

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक, स्थानीय तह निर्वाचनबारे छलफल हुने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न भन्दै सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजेका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक लगत्तै स्थानीय तहको निर्वाचनबारे दलहरुसँग छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वदलीय बैठक बोलाउनुअघि काँग्रेस सभापति समेत रहेका देउवाले शुक्रबार साँझ आफ्नै पार्टीका नेताहरुसँग पनि छलफल गरेका थिए ।

आज बसेको सत्तारुढ संयन्त्रको बैठकले स्थानीयतह सहित तीनै तहको निर्वाचनका सम्बन्धमा कानुनबिज्ञहरुसँग परामर्श गर्ने समेत निण्र्नय गरेको थियो । स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफलअघि नै प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ८ : ५२ बजे

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा