५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक, स्थानीय तह निर्वाचनबारे छलफल हुने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न भन्दै सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजेका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक लगत्तै स्थानीय तहको निर्वाचनबारे दलहरुसँग छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वदलीय बैठक बोलाउनुअघि काँग्रेस सभापति समेत रहेका देउवाले शुक्रबार साँझ आफ्नै पार्टीका नेताहरुसँग पनि छलफल गरेका थिए ।

आज बसेको सत्तारुढ संयन्त्रको बैठकले स्थानीयतह सहित तीनै तहको निर्वाचनका सम्बन्धमा कानुनबिज्ञहरुसँग परामर्श गर्ने समेत निण्र्नय गरेको थियो । स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफलअघि नै प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ८ : ५२ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र