१२ बैशाख २०८३, शनिबार | April 26, 2026

स्वास्थ्यकर्मी संघ मुगुले प्रशासनलाई बुझायो १४ बुँदे ज्ञापनपत्र



मुगु । राष्ट्रिय स्वास्थ्यकर्मी संघ मुगुले १४ बुँदे मागसहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड संकट व्यवस्थापन समितिका संयोजक रोमबहादुर महतमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।

कोभिड-१९ को संक्रमण बढिरहेको अवस्थामा स्वास्थ्यकर्मी एवं उपचार खटिने कर्मचारीको मनोबल उच्च र स्वास्थ्यकर्मीको हक हितका लागि सहज गर्न संघ मुगुले ज्ञापनपत्र मार्फत माग गरेको छ ।

संघले संक्रमित स्वास्थ्यकर्मीको निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, उपचारमा खटिने स्वास्थ्यकर्मीको बीमा गर्नुपर्ने, करारमा नियुक्त भई काम गरिरहेका स्वास्थ्यकर्मीको म्याद थप गर्नुपर्ने माग राखेकाे राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल मुगुका अध्यक्ष खडकबहादुर मल्लले बताए ।

महामारी र नियमित स्वास्थ्य उपचारका लागि अत्यावश्यक औषधि, उपकरणको अभाव र कालोबजारी तुरुन्त नियन्त्रण गर्नुपर्ने, संघ प्रदेशबाट हुने कर्मचारी समायोजन, सरुवा, बढुवा, स्तरवृद्धि प्रक्रियालाई पारदर्शी बनाउन पनि संघले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

कोभिड–१९ प्रतिकार्यमा अग्रस्थानमा खटिएका स्वास्थ्यकर्मीका मागलाई सरकारले गम्भीर रुपमा लिएर सम्बोधन गर्नुपर्ने संघका केन्द्रीय सदस्य ज्ञानसिंह बुढाले बताए ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : १० बजे

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा