२६ बैशाख २०८१, बुधबार | May 8, 2024

बलात्कार भईरहेको समयमा प्रहरी घटनास्थल पुगेपछि…..



बुटवल । रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिकाको एक खुल्ला स्थानमा एक युवतीमाथि जबर्जस्ती कलात्कार गर्दा गर्दै प्रहरी पुगेर यवतीको उद्दार गर्नुका साथै बलात्कार गर्ने २ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राती लुम्बिनी साँस्कृतिक नगरपालिका १३ पिपरा स्थित खुल्ला खेतमा दुईजना युवकले जबर्जस्ती करणी गर्दा गर्दै प्रहरी पुगेर यवतीको उद्दार गर्दै दईजना युवकलाई पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट स्थानीय २० वर्षिय गणेश यादव र २६ वर्षिय सुवाष यादवलाई पक्राउ गरेको हो ।

बलात्कारको घटना भइरहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक युवराजजंग कार्कीको कमाण्डमा खटिएको टोलिले रङ्गेहात बलात्कार भइरहेको फेला पारेको बताइएको छ । प्रहरीले पीडित यवतीलाई तत्कालै उद्धार गरी स्वास्थ्य परीक्षणको लागि अस्पताल पठाईएको र घटनामा संलग्न मध्ये गणेश यादवलाई तत्काल नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रवक्ता प्रहरी निरिक्षक भासकर चन्दले जानकारी दिए । उनले प्रहरी आएको थाहा पाएर फरार भएका सुवाष यादवलाई भने सोही राती ११ः३० बजे महजिदिया चोकमा पक्राउ गरिएको बताए ।

पक्राउ परेका दुबैजनालाई रुपन्देही जिल्ला अदालतबाट जरुरी पक्राउ पूर्जी स्वीकृत गराई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ९ : ४० बजे

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग

विराटनगर । कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र

दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज

वर्षापछि वायु प्रदूषण घट्दै

कामठाडौं । सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौं उपत्यकालगायत मुख्य सहरको

साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्ने : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपाललाई बर्खास्त गर्न माग

काठमाडौं । नागरिक समाजका अगुवाहरूले राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललाई