१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा पत्रकारका लागि निशुल्क एचडियु र आईशियु सुबिधा



बुटवल । कोरोना सङ्क्रमित पत्रकारहरुका लागि सहजरुपमा उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवल बिच सम्झौता भएको छ ।

आईतवार अस्पताल परिषरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ईन्द्र ढकाल र पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलका बिचमा उपचार सम्झौता भएको हो ।
सम्झौता अनुसार पत्रकारहरुलाई मात्र पि.सि.आर परिक्षण निशुल्क गर्ने, कोरोना सङ्क्रमित एचडियु वेडमा महासंघको सिफारिस र प्राथमिकताको आधारमा १ वेड निशुल्क उपलब्ध गराउने, कोरोना सङ्क्रमित आईशियु बेडमा महासंघको सिफारिस र प्राथमिकताको आधारमा १ वेड निशुल्क उपलब्ध गराउने र ज्वरो क्लिनिकमा महासंघको सिफारिसकै आधारमा निशुल्क परामर्श सेवा उपलब्ध गराउने उल्लेख छ ।

सम्झौता कार्यक्रममा बोल्दै अस्पतालका मेसु डा ढकालले नागरिकलाई सुसुचित गराउने सन्दर्भमा फ्रन्टलाइनमा खटिई कार्य गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुलाई तेश्रो लहरको बेला सहज र प्रथमिकताका साथ उपचार प्रबन्ध मिलाईदिन महासंघको पत्रअनुसार अस्पतालको निर्णयपछी सेवा व्यवस्थापन गरिएको बताए ।

उनले आफ्नो कार्यकालमा पत्रकारहरुको लागि अन्य समयमा पनि कार्यान्वयन हुने खालको योजना बनाएर सम्झौता गरिने आश्वासन समेत दिएका थिए । धन्यवाद ज्ञापन गर्दै महासंघका अध्यक्ष रामराज पोखरेलले अस्पतालबाट आगामी दिनमा पनि थप सुबिधा पाईनेमा आशा व्यक्त गरेका थिए ।                                                     

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १ : ०८ बजे

बालेन्द्रलाई आरेनको चुनौती – देश चलाउन नसक्ने भए हात ठड्याउ, रास्वपाकै अर्कोले चलाउँछन्

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुनसरी घटनापछि

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता : थप ५६ जनाले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घनमा तीन ब्रोकरलाई १.१० करोड जरिवाना, सानिमा क्यापिटललाई चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न