५ पुस २०८२, शनिबार | December 20, 2025

लुम्बिनी प्रादेशिक अस्पतालमा पत्रकारका लागि निशुल्क एचडियु र आईशियु सुबिधा



बुटवल । कोरोना सङ्क्रमित पत्रकारहरुका लागि सहजरुपमा उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवल बिच सम्झौता भएको छ ।

आईतवार अस्पताल परिषरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ईन्द्र ढकाल र पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलका बिचमा उपचार सम्झौता भएको हो ।
सम्झौता अनुसार पत्रकारहरुलाई मात्र पि.सि.आर परिक्षण निशुल्क गर्ने, कोरोना सङ्क्रमित एचडियु वेडमा महासंघको सिफारिस र प्राथमिकताको आधारमा १ वेड निशुल्क उपलब्ध गराउने, कोरोना सङ्क्रमित आईशियु बेडमा महासंघको सिफारिस र प्राथमिकताको आधारमा १ वेड निशुल्क उपलब्ध गराउने र ज्वरो क्लिनिकमा महासंघको सिफारिसकै आधारमा निशुल्क परामर्श सेवा उपलब्ध गराउने उल्लेख छ ।

सम्झौता कार्यक्रममा बोल्दै अस्पतालका मेसु डा ढकालले नागरिकलाई सुसुचित गराउने सन्दर्भमा फ्रन्टलाइनमा खटिई कार्य गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुलाई तेश्रो लहरको बेला सहज र प्रथमिकताका साथ उपचार प्रबन्ध मिलाईदिन महासंघको पत्रअनुसार अस्पतालको निर्णयपछी सेवा व्यवस्थापन गरिएको बताए ।

उनले आफ्नो कार्यकालमा पत्रकारहरुको लागि अन्य समयमा पनि कार्यान्वयन हुने खालको योजना बनाएर सम्झौता गरिने आश्वासन समेत दिएका थिए । धन्यवाद ज्ञापन गर्दै महासंघका अध्यक्ष रामराज पोखरेलले अस्पतालबाट आगामी दिनमा पनि थप सुबिधा पाईनेमा आशा व्यक्त गरेका थिए ।                                                     

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको