२० माघ २०८२, मंगलबार | February 3, 2026

हिमपात र चिसोले सिमकोट विमानस्थल कालोपत्रे रोकियो



सिमकोट । हिमपातपछि बढेकाे अत्याधिक चिसोले हुम्ला सिमकोटसि्थत विमानस्थल निर्माण प्रभावित भएको छ । चिसाेले विमानस्थल कालोपत्रे र नयाँ एप्रोन निर्माण रोकिएको निर्माण कार्यमा संलग्न तेण्डी शेर्पाले बताए ।

विमानस्थलभित्रको एप्रोन निर्माण कार्य सकिएर कालोपत्र गर्ने काम भइरहेको बेला हिमपात र चिसो बढेपछि रोक्नु परेको शेर्पाले बताए । जिल्लामा तापक्रम माइनस ११ डिग्री भन्दामाथि बढ्दै जान थालेपछि काम नहुने भएकाले बन्द गरेकाे नागरिक उड्डयन प्राधिकरण सिमकोट विमानस्थल निर्माण आयोजनाका साइट इन्चार्ज अजयकुमार गुप्ताले बताए ।

सिमकोट विमानस्थल निर्माण योजनाको ६० प्रतिशत कार्य सम्पन्न भए पनि मुख्य काम कालोपत्रे भएका कारण चिसोले गर्दा बन्द गरेको प्राधिकरणका गुप्ताले बताए । एप्रोन निर्माणका लागि निर्माण कम्पनी एपेक्स द ग्याल्भा क्यारा भ्यान जेभिसँग आर्थिक वर्ष ०७५/०७६ मा निर्माणका लागि सम्झौता भएको थियो ।

यस्तै, एप्रोनमा कालोपत्र गर्ने ३५ प्रतिशतका काम सम्पन्न भएको छ भने ६५ प्रतिशत काम रोकिएको उनले बताए । चिसोमा कालाेपत्रे सेट नहुने भएका कारण अन्य काम सम्पन्न भए पनि कालोपत्र रोकेकाे उनले बताए । झण्डै एक महिनादेखि कालोपत्र रोकिएका छ भने बर्खा लागेपछि मात्रै सुरू हुने भएको गुप्ताले जानकारी दिए ।

सिमकोट विमानस्थलमा हालको एप्रोनले जहाजलाई पार्किङमा समस्या देखिएपछि नयाँ एप्रोनको निर्माण थालिएको होे । विगतमा कोरोनाको समस्याले काम रोकिएको र गत असोजबाट सुरू भएको काम अहिले चिसोले काम अगाडि बढ्न नसकेको हो ।

सिमकोट विमानस्थल निर्माण आयोजनाका लागि १९ करोड लागतमा निर्माण कम्पनीसँग आयोजनाले सम्झौता गरेको छ । नयाँ एप्रोनको कार्य सम्पन्न भएपछि चार वटा साना जहाजलाई पार्किङ गर्न सहज हुने भएको सिमकोट विमानस्थल श्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १ : ५५ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली