२३ जेष्ठ २०८०, मंगलबार | June 7, 2023

एलबी विश्वकर्माको मृत्युबारे सिभिल अस्पतालले गठन गर्‍यो छानविन समिति



काठमाडौ । पत्रकार एलबी विश्वकर्माको मृत्युबारे सिभिल अस्पतालले छानविन समिति गठन गरेको छ ।

उनको मृत्युबारे अध्ययन गर्न अस्पतालका आकस्मिक विभागका प्रमुख दिनेश कुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले जानकारी दिए ।

छानविन समितिमा उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर प्रमुख भेषबहादुर बस्नेत छन् । विश्वकर्माको मृत्युबारे पत्रकार महासंघले पनि छानविन गरिरहेको अधिकारीले जानकारी दिए ।

पत्रकार विश्वकर्माको मृत्युपछि अस्पताल व्यवस्थापनको चर्को आलोचना हुँदै आएको छ । पत्रकार महासंघ, नेपाल प्रेस काउन्सिलसहित पत्रकारसँग आबद्ध विभिन्न संघ संस्थाले सो घटनाको छानविनका लागि माग गर्दै आएका थिए ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  २ : ४८ बजे

एमालेमा बुढा नेताहरुले आजीवन पद ओगट्न पाउने बाटो खुलाइयो

काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेरहद हटाउने भएको छ

रेशम चौधरी आममाफी प्रकरण : सर्वोच्चले दिएन उत्प्रेषणयुक्त परमादेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम

पुर्ख्यौली पेसा छोड्दैछन् गन्धर्व

दाङ । गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वहरु

कल बाइपास आरोपमा एक चिनियाँसहित दुई जना पक्राउ

काठमाडौं । कल बाइपास गरेको आरोपमा एक जना चिनियाँसहित दुई