६ श्रावण २०८३, बुधबार | July 22, 2026

डिभोर्सपछि एकै होटलमा भेटिए धनुष र ऐश्वर्या



काठमाडौं । साउथ स्टार धनुष र उनकी पत्नी ऐश्वर्या रजनीकान्त हाल अलग्गिएको घोषणाले चर्चामा छन् । उनीहरूले सामाजिक सञ्जालबाट आफूहरू आधिकारिक रूपमा अलग्गिएको घोषणा गरे पनि सर्वसाधारणको नजर उनीहरूबाट हटेको छैन ।

केही समयअघि अलग्गिएका यो जोडी हालैमात्र हैदरावादको एक होटलमा सँगै भेटिएका छन् । उनीहरू आफ्नो कामको सिलसिलामा त्यो होटलमा बसेका हुन् ।

यो जोडी हैदराबादको रामोजी फिल्म स्टुडियोमा रहेको सितारा होटलमा बसेका छन् । रामोजी हैदरावादको सबैभन्दा ठूलो फिल्म सिटी हो । धनुष त्यहाँ आफ्नो कुनै फिल्मको कामको सिलसिलामा होटलमा बसेका छन् । रामोजी स्टुडियोमा सुटिङ हुने अधिकांश फिल्म तथा टेलिफिल्मका कलाकार यही होटलमा बस्ने गर्दछन् ।

ऐश्वर्या भने आउँदो भ्यालेन्टाइनको मौका पारेर सार्वजनिक गर्न लागेको नयाँ गीतको सुटिङ गर्न उक्त होटलमा बसेकी छन् । उनको यो प्रोजेक्ट २५ जनवरीदेखि २७ जनवरीसम्म सुट हुनेछ ।

साउथ सुपरस्टार रजनीकान्तका छोरीज्वाइँ यो जोडीले गत जनवरी १७ मा अलग्गिने निर्णय लिएका थिए । तर के कारणले अलग्गिए भन्ने अहिलेसम्म कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ३ : २९ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको