१६ बैशाख २०८१, आइतबार | April 28, 2024

डिभोर्सपछि एकै होटलमा भेटिए धनुष र ऐश्वर्या



काठमाडौं । साउथ स्टार धनुष र उनकी पत्नी ऐश्वर्या रजनीकान्त हाल अलग्गिएको घोषणाले चर्चामा छन् । उनीहरूले सामाजिक सञ्जालबाट आफूहरू आधिकारिक रूपमा अलग्गिएको घोषणा गरे पनि सर्वसाधारणको नजर उनीहरूबाट हटेको छैन ।

केही समयअघि अलग्गिएका यो जोडी हालैमात्र हैदरावादको एक होटलमा सँगै भेटिएका छन् । उनीहरू आफ्नो कामको सिलसिलामा त्यो होटलमा बसेका हुन् ।

यो जोडी हैदराबादको रामोजी फिल्म स्टुडियोमा रहेको सितारा होटलमा बसेका छन् । रामोजी हैदरावादको सबैभन्दा ठूलो फिल्म सिटी हो । धनुष त्यहाँ आफ्नो कुनै फिल्मको कामको सिलसिलामा होटलमा बसेका छन् । रामोजी स्टुडियोमा सुटिङ हुने अधिकांश फिल्म तथा टेलिफिल्मका कलाकार यही होटलमा बस्ने गर्दछन् ।

ऐश्वर्या भने आउँदो भ्यालेन्टाइनको मौका पारेर सार्वजनिक गर्न लागेको नयाँ गीतको सुटिङ गर्न उक्त होटलमा बसेकी छन् । उनको यो प्रोजेक्ट २५ जनवरीदेखि २७ जनवरीसम्म सुट हुनेछ ।

साउथ सुपरस्टार रजनीकान्तका छोरीज्वाइँ यो जोडीले गत जनवरी १७ मा अलग्गिने निर्णय लिएका थिए । तर के कारणले अलग्गिए भन्ने अहिलेसम्म कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ३ : २९ बजे

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते

नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना