१७ बैशाख २०८१, सोमबार | April 29, 2024

स्वास्थ्यकर्मी नै संक्रमित भएपछि बेलहिया नाकामा कोरोना परीक्षण प्रभावित



टवल । सीमा क्षेत्रमा चेकजाँचमा खटिएका स्वास्थ्यकर्मी नै कोरोना संक्रमित हुन थालेपछि स्वास्थ्य परीक्षण फितलो हुन थालेको छ ।

बेलहिया नाकामा राखिएको हेल्थ डेस्कमा कोरोना परीक्षणका लागि खटिएका स्वास्थ्यकर्मी आफै कोभिड पोजेटिभ भएपछि अहिले चेकजाँच फितलो भएको हो । भारतबाट नेपाल फर्किरहेका नेपाली र नेपाल भ्रमणका लागि आउने भारतीयमा अहिले सीमामा विशेष निगरानी गर्ने भनिए पनि जनशक्ति अभाव देखिएको छ ।

सीमामा कोभिड पहिचान गर्न खटिएका अधिकांश स्वास्थ्यकर्मी अहिले आफै कोभिडको चपेटामा परेका छन् । यसअघि नै चार जना स्वास्थ्यकर्मी कोभिड संक्रमित देखिएका थिए । अहिले त्यो संख्या बढेर सात पुगेको छ । बेलहिया हेल्थ डेस्कमा काम गर्ने ल्याबका कर्मचारीमा कोभिड पोजिटिभ देखिएपछि अहिले स्वास्थ्यकर्मी आत्तिएका छन् । ल्याबमा काम गर्ने जङ्ग भण्डारी, दिया शर्मा, गणेशप्रसाद साह र नेपाल रेडक्रस सोसाइटिकी रुक्मिणी चौधरीलाई कोभिड संक्रमण देखिएको थियो । अहिले सुष्मा खत्री क्षेत्री, संगीता केसी ९शक्ति० र रेडक्रसको स्वयम्सेवी अंगीरा यादवलाई पनि संक्रमण भएको छ ।

स्वास्थ्यकर्मीलाई कोभिड संक्रमण देखिएपछि औषधी उपचारदेखि आइसोलेसनसम्मको व्यवस्थापनमा ध्यान नदिएको गुनासो स्वास्थ्यकर्मीले गरेका छन् । ‘राज्यकै लागि मरिमेटेर काम गरिरहेका छौं । तर हामी पोजिटिभ हुँदा कुनै किसिमको सहयोग पाउन सकिरहेका छैनौं’, एक स्वास्थ्यकर्मीले भने , ‘आफ्नै खर्चमा उपचारदेखि जोखिमकै अवस्थामा आइसोलेसन बस्नु परिरहेको छ।ु

कतिपय स्वास्थ्यकर्मीलाई कोभिडको लक्षण देखिए पनि उनीहरू सिटामोल खाँदै काम गरिरहेका छन् । हेल्थ डेस्कमा हात धुने व्यवस्थासमेत छैन, खानेपानीको समस्या पनि उस्तै रहेको कर्मचारीहरूको गुनासो छ। कोभिड देखिएका कर्मचारीलाई अहिलेसम्म कसैले कुनै प्रकारको सम्पर्क नगरेको र सन्चो बिसन्चोसमेत नसोधेको उनीहरूको दुखेसो छ ।

बेलहिया हेल्थ डेस्कको व्यवस्थापन अहिले सिद्धार्थनगर नगरपालिकाले हेरिरहेको छ । नगरपालिकाको स्वास्थ्य शाखाका निमित्त प्रमुख गीता न्यौपाने पोखरेलका अनुसार डेस्कमा नगरपालिकाका नौ जना, एसएसबीएसका चार जना, किड्सका दुई जना, सेतो गुराँसबाट एक जना र रेडक्रसका तीन जना कर्मचारीहरू खटिएका छन् । यी मध्ये कसैलाई कोभिड पोजिटिभ देखिए उसको सट्टामा अरूलाई खटाउने गरिएको छ ।

पोखरेलले डेस्कमा पोजिटिभ देखिएका कर्मचारीहरू आफ्नै खर्चमा उपचार गर्नु पर्ने बताए । होम आइसोलेसनमै बस्नु परेको हुँदा स्वास्थ्यकर्मीको लागि अलग्गै आइसोलेसनको व्यवस्था नगरिएको उनको भनाई छ ।

कोभिड संक्रमण देखिएका मध्ये अहिलेसम्म कसैको पनि अवस्था जटिल नदेखिएको हुँदा सबै आफ्नै खर्चमा बसेको उनको भनाई छ । यस बाहेक संक्रमित देखिएकालाई नगरपालिकाबाट नै जडीबुटी एवं स्वास्थ्य संस्थाबाट उपलब्ध हुने औषधीहरू प्रदान गरिएको उनले बताइन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ५ : ०९ बजे

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य