२८ आश्विन २०८३, बुधबार | October 14, 2026

स्थानीय तह निर्वाचन ऐन संशोधन गर्न गठबन्धनका नेतालाई कानुन व्यवसायीको सुझाव



काठमाडौं । कानुन व्यवसायीहरूले सत्तारुढ दलहरुलाई संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाझिएको भन्दै संशोधन गर्न सुझाव दिएका छन् ।

आइतबार सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरुसँग छलफलमा कानुन व्यवसायीहरुले संविधानअनुसार कार्यकाल सकिएको ६ महिनाभित्र स्थानीय तह निर्वाचन गर्ने गरी ऐन संशोधन गर्न सुझाव दिएका हुन् ।

स्थानीय तहको निर्वाचन ऐन २०७३ को दफा ३ र संविधानको धारा २२५ बाझिएको देखिएकाले संविधानको धारा १ अनुसार यस संविधानसँग बाझिएका कानुनहरु बाझिएकोहरुसम्म अमान्य हुने छ भन्ने व्यवस्था भएकाले सो अनुसार कानुन संशोधन गर्ने सुभाव आएको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारले जनाएको छ ।

आजको छलफलमा कानुन सचिव, महान्याधिवक्ता र सत्तारुढ दलहरु निकट कानुन व्यवसायी लगायत सहभागी थिए ।
तीनै तहको निर्वाचन एकैपटक गर्नेवारे गठबन्धनमा छलफल जारी रहँदा स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा हुनु पर्ने र त्यसो नहुँदा संविधान विपरित हुने कतिपयको तर्क जारी रहँदा कानुन व्यवसायीसँग गठबन्धनका नेताहरुले छलफल गरेका हुन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ७ : ०५ बजे

नेपालबाट बाहिरियो यस वर्षको मनसुन, औसत मितिभन्दा १२ दिन ढिलो

काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ।

मणिमुकुन्द सेन उद्यानको नयाँ कार्यसमितिको पदस्थापन

बुटवल । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको छैटौँ अधिवेशनबाट निर्वाचित

पोखरा-दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

पोखरा । फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको

फेरियो ९ वर्षदेखि कन्तबिजोग खजुरा सडकको मुहार

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९