१३ बैशाख २०८३, आइतबार | April 26, 2026

विश्व इतिहासमा आजः पहिलो हिउँदे ओलम्पिकदेखि लीग अफ नेसन्सको स्थापना



काठमाडौं । आज २५ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

पहिलो सौर्य उर्जाको भट्टी खुला

सन् १९७७ मा विश्वको पहिलो सौर्य उर्जाको भट्टी खुला गरिएको थियो । फ्रान्स्को ओडेइलिोमा स्थापना गरिएको सो भट्टीले पहिलो पटक वैकल्पिक उर्जा दिएको थियो ।

युगान्डमा तानशाह इदी अमिनको उदय

सन् १९७१ मा युगान्डका तानशाह इदी अमिनले शक्ति हत्याएका थिए । सन् १९७१ देखि १९७९ सम्म सत्ता हत्याएका एमिनको शासनकालमा मानवअधिकार उल्लंघन, राजनीतिक दमन र भ्रष्टाचार भएको थियो ।

पहिलो हिउँदे ओलम्पिक

सन् १९२४ मा पहिलो हिउँदे ओलम्पिक सुरु भएको थियो । पहिलो हिउँदे ओलम्पिक फ्रान्सको च्यामोनिक्समा २५ जनवरीमा सुरु भएको थियो ।

लीग अफ नेसन्सको स्थापना

सन् १९१९ मा लीग अफ नेसन स्थापना भएको थियो । लीग अफ नेसन्स राष्ट्रसंघ स्थापना हुनुअघिको अन्तराष्ट्रिय संगठन हो । विश्वमा शान्ति र सद्भाव कायम गर्ने उदेश्यले लीग अफ नेसन्स स्थपना भएको थियो । पछि लीग अफ नेसन्सको जगमा अडेर राष्ट्रसंघ स्थापना भएको थियो ।

 

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ७ : १४ बजे

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस : ४० वर्षपछि पनि असर कायम

काठमाडौं । आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो ।

कपिलवस्तुमा स्कारपियो-ट्रक ठक्कर, दुईको मृत्यु, तीन घाइते

कपिलवस्तु । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर । भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

बागलुङ । बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा योतीयोग्यसँगै पाखो जमिन झाडीले

बुटवलको सूचनापछि उच्च अदालत अगाडि बसेका घरटहरा धनीले अन्यत्र सार्न थाले आफ्ना सामान

बुटवल । बुटवल उपमहानगरपालिका-४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास