४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा शत प्रतिशत मत खस्यो, मतगणना जारी



धनगढी । राष्ट्रिय सभाको तीन सदस्यका लागि सुदूरपश्चिम प्रदेशमा भएको निर्वाचनमा शत प्रतिशत मतदान भएको छ । बुधबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचन अपरान्ह ३ बजेसम्म चलेको थियो ।

सो समयमा ५२ प्रदेशसभा सदस्य र १७५ स्थानीय तहका जनप्रतिनिधिसहित २२७ मतदाता मतदानमा सहभागी भएका प्रदेश निर्वाचन आयोगका प्रमुख प्रेमदत्त भट्टले बताए ।

उनका अनुसार अपरान्ह ३ बजेबाट मतगणना भएको छ । प्रदेशमा पाँच दलको गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा भएको छ ।

पाँच दलको गठबन्धनबाट नेपाली कांग्रेसका कैलालीका नारायणदत्त मिश्र अन्य, महिलातर्फ नेकपा ९एकीकृत समाजवादी० पार्टीका मदनकुमारी ९गरिमा० शाह र दलितमा नेकपा माओवादीका जगत पार्की उम्मेदवार छन् ।

त्यस्तै, नेकपा एमालेबाट अन्यमा डोटीका डिल्लीराज भट्ट, महिलामा कैलालीका सन्तोष कुमारी शर्मा थापा र दलितबाट बैतडीका नरेश विकले उम्मेदवार रहेका छन ।

राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ४ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको