७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

राष्ट्रियसभा निर्वाचन : बागमतीमा गठबन्धनका उम्मेदवार विजयी



मकवानपुर । राष्ट्रिय सभा सदस्य अन्तर्गत दुई सिटका लागि भएको चुनावमा बागमतीमा गठबन्धन विजयी भएको छ ।

गठबन्धनबाट महिलामा नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।

बुधबार सम्पन्न चुनावमा तिमल्सिनाले स्थानीय तहतर्फबाट ११६ मत अर्थात् २०८८ मतभार प्राप्त गरिन् भने पौडेलले स्थानीयतहतर्फ ११७ मत अर्थात् २१०६ मतभार प्राप्त गरेका छन् ।

यस्तै, तिमल्सिनाले प्रदेशतर्फ ५७ मत अर्थात् २७३६ मतभार गरी कुल ४८२४,पौडेलले प्रदेशतर्फ ५६ मत अर्थात २६८८ मतभार गरी कुल ४७९४ मतभार प्राप्त गरेका छन् ।

यस्तै, एमालेबाट महिलातर्फका उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत अर्थात् २१०६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात २२५६ मतभार पाएकी छिन् । कुँवरले जम्मा ४३६२ मतभार प्राप्त गरिन् । एमालेबाटै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ ११६ मत अर्थात् २०८८ मतभार प्राप्त गरे । प्रदेशतर्फ उनले ४७ मत अर्थात् २२५६ मतभार गरी कुल ४३४४ मतभार प्राप्त गरेका छन् ।

यस्तै, नेमकिपाबाट महिलामा उम्मेदवार गीता काफ्लेले स्थानीयतर्फ २ मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात ४८ मतभार मात्र पाइन् । प्रदेश र स्थानीय तह दुवैतर्फबाट काफ्लेको कुल ८४ मतभार प्राप्त भयो । नेमकिपाकै अन्यतर्फका उम्मेदवार कृष्णबहादुर तामाङले स्थानीय तहतर्फ २ मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात् ४८ मतभार प्राप्त गरे । उनको कुल मतभार ८४ हो ।

बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा भएको भएको चुनावमा ३ सय ४३ मत खसेको थियो । चुनावमा बागमती प्रदेशसभाका १०९ जना सांसदमध्ये १०६ जनाले मतदान गरेका थिए ।

यस्तै, स्थानीय तहका २ सय ३७ जना जनप्रतिनिधीले चुनावमा भोट हालेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ६ : ३७ बजे

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज