६ पुस २०८२, आइतबार | December 21, 2025

समुदाय प्रहरी साझेदारी : बुटवलमा खुल्ला रक्तदान



बुटवल । नेपाल नियमित रक्तदाता सँघ बुटबल र लुम्बिनी प्रदेस दंगा नियन्त्रण प्रहरी गण सुनवलको सयुक्त आयोजनामा बुधबार बुटबलको ट्राफीक चोकमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तगत बुटवलको खुल्ला चौकमा खुल्ला रक्तदान कार्यक्रम गरीएको हो ।

रक्तदान कार्यक्रम्मा ७७ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेस दंगा नियन्त्रण प्रहरी गण सुनवलका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले रक्तदान जिबन दान भन्ने नारा साकार पार्न रक्तदान गरिएको बताए । प्रहरीले समुदाय सँग मिलेर गर्नुपर्ने काम अन्तर्गत रक्तदान कार्यक्रम गरीएको उनले बताए ।

‘प्रहरीले कानुन पालना गराउने शान्ती सुरक्षा दिनेमात्र नभै समुदायमा हुने हरेक सामाजिक कार्यमा प्रहरीको भुमिका देखिनु जरुरी छ,’ प्रहरी उपरिक्षक कार्कीले भने, ‘प्रहरीले हरेक काम गर्दा सेवा र सहयोगको भाबनाले गर्नुपर्दछ ।’

कार्यक्रममा बोल्दै नियमित रक्तदाता सँघका अध्यक्ष दया बहादुर सिलवालले बिगतमा रक्तदान गर्दा आफु कमजोर हुने डरले रक्तदान गर्न डराउनेहरुलाई यो सस्थाले रक्तदान गर्नु भनेको कसैको जिबन बचाउनु हो भन्ने बुझाउन सकेको स्पष्ट पारे । पछील्लो समय रक्तदान गर्नेहरुको सख्या बढदै गएको उनले बताए ।

कार्यक्रममा ७७ जनाले रक्तदान गरेका थिए भने कार्यकमको प्रायोजन सिद्धार्थ मोबाईल हब बुटबलले गरेको थियो

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : ३१ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ