६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

छैठौ मासिक पुन्य तिथिमा रक्तदान



बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर-२ का युवा अशोक लुइँटेलको छैठो मासिक पुन्य तिथिको अवसरमा परिवारले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लुइटेल परिवारले अशोकको सम्झनामा रक्तदान गरेको हो ।

अशोक समाजसेवी तथा व्यवसायी लिलाधर लुइटेलका छोरा हुन् । व्यवसाय र विभिन्न क्लबहरुमा आबद्ध अशोकको गत साउन २६ गते ४३ वर्षको अल्पआयुमा घरमा निधन भएको थियो । अशोकका दुई सन्तान छोरा÷छोरी रहेका छन् ।

अशोककी माता (आमा) तारादेवी लुइटेलको अध्यक्षता तथा जेष्ठ नागरिक ९३ वर्षीया मीनबहादुर बोहोराको प्रमुख आतिथ्यताका कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै अशोकका बाबा लिलाधर लुइटेलले छोराको स्मृतिमा सामाजिक काम गर्ने उद्देश्यले रक्तदान कार्यक्रम राखिएको बताए । लिलाधर लुइँटेल आफूले पनि ५५ पटक रक्तदान समेत गरे । सो अवसरमा २४ युनिट रगत संकलन भएको थियो ।

रगतको अभावले कसैको पनि ज्यान नजाओस भन्ने सन्देश दिने आफूले छोराको स्मृतिमा रक्तदान कार्यक्रम राखेको बताए । कार्यक्रमको सञ्चालन नाटु मैनामगर इकाई कमिटीका अध्यक्ष रनबहादुर विश्वकर्माले गरेका थिए । रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ६ : १९ बजे

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन

नेपाली महिला ‘यु-१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा