१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

बैतडीमा बस दुर्घटना, ८ जना घाइते



बैतडी । बैतडीमा आज बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।

पाटन–पञ्चेश्वर सडकखण्ड अन्तरगत मेलौली नगरपालिका २ रौतगाँउमा आज बिहान ६ बजे ना ७ ख २५७० नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेमा मेलौली नगरपालिका ६ का कमलापति भट्ट, मनिषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाका शुशीला चन्द, जनक औजी, रामसिंह साउद, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीका पूजा भट्ट र बाराका सिराज अन्सारी रहेका छन् ।

उनीहरुलाई उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाइएको छ । ३२ यात्रु रहेको बसमा सवार अन्यको अवस्था सामान्य प्रहरीले जनाएको छ ।

महेन्द्रनगरबाट मेलौलीतर्फ गइरहेको पवनदुत यातायातको उक्त बस सडकबाट २० मिटर तल खसेको हो । बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ का विरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ८ : ३२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम