१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बैतडीमा बस दुर्घटना, ८ जना घाइते



बैतडी । बैतडीमा आज बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।

पाटन–पञ्चेश्वर सडकखण्ड अन्तरगत मेलौली नगरपालिका २ रौतगाँउमा आज बिहान ६ बजे ना ७ ख २५७० नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेमा मेलौली नगरपालिका ६ का कमलापति भट्ट, मनिषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाका शुशीला चन्द, जनक औजी, रामसिंह साउद, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीका पूजा भट्ट र बाराका सिराज अन्सारी रहेका छन् ।

उनीहरुलाई उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाइएको छ । ३२ यात्रु रहेको बसमा सवार अन्यको अवस्था सामान्य प्रहरीले जनाएको छ ।

महेन्द्रनगरबाट मेलौलीतर्फ गइरहेको पवनदुत यातायातको उक्त बस सडकबाट २० मिटर तल खसेको हो । बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ का विरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ८ : ३२ बजे

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एबी मलमा