१३ बैशाख २०८३, आइतबार | April 26, 2026

पोखरा महानगरपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगित



पोखरा । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यक बाहेकका नियमित सेवाहरु आजदेखि स्थगित गरिएको छ ।

पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणबाट केही कर्मचारी सङ्क्रमित भएपछि यही माघ १६ गतेसम्मका लागि नियमित सेवाहरु बन्द गरिएको महानगरपालिकाले सूचना जारी गरी जनाएको छ ।

केही कर्मचरी सङ्क्रमित र अन्य कर्मचारीमा कोभिडसँग मिल्दाजुल्दा लक्षण देखा परेकाले थप जोखिम बढ्नसक्ने भएकाले सरसफाइ, स्वास्थ्य तथा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।

उनका अनुसार महानगरका ३३ वडामध्ये अन्य चार वडाको सेवा पनि कोरोना सङ्क्रमणका कारण बन्द गरिएको छ । महानगरका महाशाखा तथा शाखा कार्यालय पनि बन्द गरिएको छ ।

जिल्लामा पछिल्लो समय सङ्क्रमण बढ्दै जाँदा अधिकांश सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा बन्द गरिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  १० : २६ बजे

मनोहरा सुकुम्बासी बस्तीका घरटहरा हटाईंदै, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाडौं । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा बनाइएका घरटहरा हटाउन

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस : ४० वर्षपछि पनि असर कायम

काठमाडौं । आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो ।

कपिलवस्तुमा स्कारपियो-ट्रक ठक्कर, दुईको मृत्यु, तीन घाइते

कपिलवस्तु । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर । भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

बागलुङ । बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा योतीयोग्यसँगै पाखो जमिन झाडीले