३ पुस २०८२, बिहिबार | December 18, 2025

रसियाले युक्रेनमा हमला गरे रुसी ग्यास पाइप लाइन अबरुद्ध गर्ने अमेरिकी चेतावनी



एजेन्सी । रसियाले युक्रेनमाथि हमला गरे पश्चिम युरोपमा रुसी ग्यासलाई पठाउने मुख्य पाइपलाईन नर्थ स्ट्रिम २ खोल्ने निर्णय रोक्ने अमेरिकाले चेतावनी दिएको छ । नर्थ स्ट्रिम २ रसियाबाट जर्मनीसम्म पुग्ने पाइप लाइन हो । रसियाले हमला गरे सो परियोजनामा प्रतिबन्ध लाग्न सक्ने वर्लिनस्थित अधिकारीहरुले बुधबार बताएका थिए ।

रसियाले युक्रेन अतिक्रमण गरे आफूहरुले रसियाको अर्थतन्त्रलाई निशाना बनाउने पश्चिमा साझेदारहरुले बताउँदै आएका छन् । र, उनीहरुका पछिल्ला टिप्पणीले आकर्षक पाइपलाइन परियोजनामा पश्चिमा देशको अडान कठोर रहेको देखिन्छ ।

रसियाले युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको छ । तर, पश्चिमा मुलुकहरु उसको भनाईप्रति शंका गदैै आएका छन् ।

‘म धेरै प्रष्ट हुन चाहन्छु कि रसियाले एक वा अर्को तरिकाले युक्रेनमाथि हमला गरेमा नर्ड स्ट्रिम २ परियोजना अगाडि बढ्ने छैन्,’ विदेशमन्त्रालयका प्रवक्त नेड प्राइसले अमेरिकी प्रसारक एनपीआरसँग भने ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ९ : ५६ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका