१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षमाथि भएको आक्रमणको गोविन्द केसीद्वारा निन्दा



काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीमाथि भएको आक्रमणप्रति चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीलेले खेद् प्रकट गरेका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा। केसीले अयोगका गिरीमाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । बिहिबार आयोगका उपाध्यक्ष गिरीमाथि भएको सुनियोजित भए केसीको आरोप छ ।

‘आयोगले लिइसकेको प्रवेश परीक्षाको नतिजा रोक्न मेडिकल माफियाहरू लागिरहेका छन् । त्यसैलाई रोक्नका लागि उक्त आक्रमण भएको हो,’ उनले भनेका छन् ।

यस्तो छ डा केसीको विज्ञप्ति

आम नेपाली जनताको प्रयासम शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, विपन्न लगायत सवै विद्यार्थीको शिक्षामा समान पहुँच, सवै नेपालीहरुको गुणस्तरीय, निशुल्क वा सस्तो र सुलभ स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता गर्न चिकित्सा शिक्षा ऐन जारी भएको र त्यसै अनुरुप चिकित्सा शिक्षा आयोग गठन भएको कुरा सर्वविदितै छ।

विभिन्न दलका राजनीतिज्ञहरु, मेडिकल माफिया, बिचौलिया र दलालहरुको नाजायज हस्तक्षेप र दबाबको वावजुद आयोगले नेपालको मेडिकल शिक्षा सुधारमा उल्लेख्य कामहरु गरेको छ। त्यसै अन्तर्गत आयोगले अघिल्लो वर्षदेखि स्नातक र स्नातकोत्तर तहको साझा प्रवेश परीक्षा लिन थालेको छ। हालै यस वर्षको स्नातकोत्तर तहको प्रवेश परीक्षा पनि सफलताका साथ सम्पन्न गरेको छ। आयोग र चिकित्सा शिक्षा ऐनको असफलताका लागि मरिमेटेका विभिन्न स्वार्थ समुहहरुले आयोगको काममा भाँजो हाल्ने प्रयास शुरुदेखि नै गर्दै आएका छन्।

पछिल्लो समय फेरि एकपल्ट आयोगका पदाधिकारीमाथि सांघातिक हमलाको प्रयाससमेत भएको छ। त्यस्तो भौतिक आक्रमण गर्नेहरुलाई तत्काल पहिचान गरी कानुनअनुसार कडा दण्ड दिन हामी सरकारसित माग गर्दर्छौं। तर आयोगको काम कारवाहीमाथि निरन्तर भाँजो हाल्दै आएका विभिन्न स्वार्थ समुहहरु यस खाले आक्रमणको जवाफदेहिताबाट बच्न नसक्ने हाम्रो ठहर छ। त्यसरी भाँजो हाल्नेमध्ये आयोगको नियमनका कारण विदेशमा विद्यार्थी तस्करी गर्नबाट वञ्चित समुहहरु मुख्य रहेका छन्।

आयोगबाहेकका अन्य नियामक निकायमा त्यस्तो स्वार्थ समुहका व्यक्तिहरु पदासीन रहँदा उनीहरुले पदीय मर्यादाविपरीत काम गरिरहेका छन्। उनीहरुले हालै प्रश्नपत्र बाहिरिएको लगायत विभिन्न अफवाह फैलाएर स्नातकोत्तर तहको प्रवेश परीक्षा रोक्न हरसम्भव प्रयास गरेका थिए। त्यसका लागि सुनियोजित मिडियवाजी तथा सामाजिक सञ्जालको व्यापक दुरुपयोग गरेका थिए। त्यसमा सफल नभएपछि भइसकेको परीक्षाको नतिजा रोक्न उनीहरुले हरसम्भव प्रयास गरिरहेका छन्। त्यो प्रयास पनि असफल हुन थालेको समयमा आयोगका उपाध्यक्षको गाडीमाथि आक्रमण हुनु संयोग मात्रै भन्न गाह्रो छ।

यो पृष्ठभुमिमा आयोगले लिइसकेको प्रवेश परीक्षाको नतिजा रोक्न तथा विदेशमा पढाइ शुरु गरेका विद्यार्थीहरुलाई कानुनविपरीत नेपालमा पढाउने व्यवस्थाका लागि हाल नाजायज दबाब दिइरहेका सबै पक्षहरुलाई हामी आयोगको कार्य सम्पादनमा कुनै हस्तक्षेप नगर्न कडा चेतावनी दिन चाहन्छौं। साथै आयोगका पदाधिकारीहरुमाथि कायरतापूर्ण आक्रमण गर्नेहरुलाई कानुनको कठघरामा उभ्याउन तथा आफ्नो व्यवसायिक स्वार्थका लागि आयोगको कार्य सम्पादनमा अवरोध ल्याउन खोज्ने अन्य नियामक निकायका पदाधिकारीहरुलाई पदबाट हटाउन र आयोगको कार्य सम्पादनमा कुनै किसिमको हस्तक्षेप नगर्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।

डा. गोविन्द केसी,

काठमाडौं २०७८।१०।१४

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ४ : ५३ बजे

पोखरामा शव पहिचान र परीक्षण सुरु

गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको

भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

काठमाडौं । भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको

नेपाललाई आपतकालीन सहयता र अन्तराष्ट्रिय उद्दारमा सघाउने चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय

बेइजिङ । चीनले केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

काठमाडौं । सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५

अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा