२० बैशाख २०८३, आइतबार | May 3, 2026

रोटरी क्लब अफ बुटवल डाउनटाउनद्धारा ५० हजार रकम बराबरको ईम्युनिटि औषधि हस्तान्तरण



बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनले ईम्युनिट बढाउने औषधी वितरण गरेको छ ।

शनिबार देविनगरस्थित चौपारीमा एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, क्लबका अध्यक्ष जबिन कक्षपति, एजी जीवन अधिकारीले जि २५ क्लबका अध्यक्ष निर्मल नेपाल, संस्थापक अधयक्ष रमेश कुमार जोशी तथा कबिराज तथा योग अभियन्ता विष्णुहरि आचार्यलाई ५० हजार रुपैया बराबरको औषधि (लाईभ प्रोटेक्ट एच) हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले कोभिड सामान्य बन्दै गएको र यसलाई निर्मुल गराउन सबै लाग्नुपर्ने बताए । आत्मबल बढाउनु कोभिडको पहिलो उपचारको चरण भएको भन्दै उनले सचेतना र औषधी पनि धेरै उपयोगी भएको बताए ।

लाईभ फार्माच्युटिकल्स प्रालिले उत्पादन गरेको औषधीलाई सामाजिक उत्तरदायित्व अन्तरगत थोरै सहयोग गरिएको क्लबका उपाध्यक्ष तथा प्रालिका संचालक शिव ज्ञवालीले बताए ।

कार्यक्रममा क्लबका प्रेसिडेन्ट ईलेक्ट भरत रानाले औषधीको बजारमा अभाव रहिरहेको बेला आफुहरु निशुल्क औषधी वितरणमा थोरै योगदान दिएको बताए । कबिराज तथा योग अभियन्ता विष्णुहरि आचार्यले कोभिड लागेका तथा अन्यलाई समेत यो औषधी धेरै उपयोगी हुने बताए ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : १६ बजे

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज