५ भदौ २०८३, शुक्रबार | August 21, 2026

थप फाइजर खोप ल्याउने सरकारको तयारी



काठमाडौं । सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ ।

त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रियासमेत अगाडि बढाइएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले ११ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै फाइजर खोप ल्याउन प्रक्रिया सुरु गरेको हो ।

हाल ११ देखि १८ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइँदैछ । पाँच वर्षभन्दा माथिका बालबालिका पनि विद्यालय जाने र त्यहाँ भीडभाड हुने हुनाले कोरोना सङ्क्रमणको उच्च जोखिममा छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर फाइजर खोप ल्याउन सरकारले प्रक्रिया सुरु गरिसकेको जानकारी दिए । दुई-तीन महिनाभित्रै उक्त खोप आउन सक्ने सम्भावना छ भन्दै उनले अहिले बच्चालाई लगाउने खोपका लागि सम्बन्धित कम्पनीसँग छलफल भइरहेको र उनीहरूले खोप ल्याउने सुनिश्चितता गर्ने बित्तिकै खोप ल्याइने बताए ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले पनि दुई-तीन महिनाभित्रै पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि फाइजर खोप ल्याउन गृहकार्य भइरहेको बताए ।

नेपालमा १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाका लागि खरिद गर्न लागिएको ६० लाख फाइजर खोप अब पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउन मिल्ने गरी ल्याउन लागिएको हो । उमेर १८ वर्षसम्मका बालबालिकालाई लगाउने भनिएको फाइजर खोपको सट्टा मोडर्ना खोप आएकाले त्यसरी प्रतिस्थापन गर्न लागिएको हो ।

डा. चौरसियाका अनुसार पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई पुग्ने गरी ८४ लाख मात्रा फाइजर खोप खरिदका लागि नेपालले प्रस्ताव पठाइसकेको छ । नेपालले प्रस्ताव गरेको उक्त खोप प्राप्त भएपछि ती उमेर समूहका ४२ लाख बालबालिकालाई पुग्ने गरी खोप खरिद गर्न लागिएको हो । नयाँ उत्पादन भएको फाइजर खोप पाँच वर्षदेखि ११ वर्ष पुगेका बालबालिकालाई लगाउन मिल्छ ।

हाल नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना तथा फाइजर खोप दिइएको छ । यी दुवै खोप अमेरिकाले उत्पादन गरेका हुन् । अमेरिकाले भने गत कात्तिकमै पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप प्रयोगका लागि अनुमति दिइसकेको छ । आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ७ : ५५ बजे

बासुदेव खोलामा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

गोरखा । एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक