२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

मधेशको कर्णाली कथा : किनमेल गर्न बजार जाँदा जंगलको बास



महोत्तरी । महोत्तरीको भाङग्रे, झ्याउरेकी सन्तमाया तामाङलाई नजिकैको बजारसम्म जान पनि दुई घण्टा लाग्छ । बजारमा केही किन्न जानु पर्यो भने उनको जाँदा आउँदा कम्तीमा पनि चार घण्टा खर्च हुन्छ ।

मधेशमा घर भए पनि सन्तमायाका लागि यो ठाउँ निकै दुर्गम छ । उनी मात्रै होइन भाङग्रे, झ्याउरे, छोडके, चनौटे, गदीर्, काली खोला, पिपलदहलगायतका बासिन्दाहरू किनमेल गर्न बजार जाँदा सिंगो दिन माया मार्छन ।

यति मात्रै होइन सबै जना बजार जान नभ्याउने हुँदा बजार जाने मान्छेले घरघरमा पुगेर के ल्याउनु पर्छ भनेर सोध्ने गर्छन । बजार जाँदा पनि छिमेकीहरू मिलेर सँगै बजार जान्छन् । चारैतिर चुरे पहाडले घेरिएको यो ठाउँसम्म आवतजावत गर्ने मोटरवाटो छैन । बर्षा नहुँदा खोलाबाटै कहिलेकाही ट्रयाक्टरहरू जाने भए पनि अन्य बेला नाका बन्दी जस्तै हुन्छ ।

झट्ट सुन्दा मधेशको समथर भू–भागमा पनि यस्तो होला र भनेर आशंका हुनसक्छ । तर, देशकै सुगम नगरपालिका भनेर चिनिने महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १० र ११ का बासिन्दाले अझै पनि आधुनिकताको अनुहार समेत देखेका छैनन् ।

अचानक कोही बिरामी परे उद्धार गर्न समेत नसकिने स्थानीयको भनाइ छ । यहाँका कुनै पनि गाउँमा एम्बुलेन्स छैनन् त स्वास्थ्य चौकी नै छन् । विकट कर्णाली भनेर चिनिने यी गाउँहरूमा चट्टान र चुरेको कारणले वैकल्पिक सडक बनाउन समेत निक्कै कठिन छ ।

गाउँको बीचमा एउटा विद्यालय छ । लक्ष्मी भाङग्रे, झ्याउरे माध्यामिक विद्यालय नामको यो विद्यालयमा दुई सय जना बालबालिका अध्यनरत छन् । तर, खोलाको बाटो हुँदै आवतजावत गर्नुपर्ने हुँदा बर्षायामको दुई महिना विद्यालमा विद्यार्थी नै भेटिदैनन् । विद्यार्थी मात्र हैनन आवतजावतको समस्याले शिक्षकहरू समेत नियमित विद्ययालय पुग्न नसक्ने प्रधानअध्यापक तिर्थराज गोले बताउँछन् ।

यी गाउँहरू १५ दिन अगाडिसम्म सूचना र सञ्चारबाट समेत बन्चित थिए । केही दिन अघि चुरे पहाडको उच्च ठाउँ चनौटेमा राखिएको नेपाल टेलिकमको टावरले सेवा प्रवाह गर्न थालेपछि सञ्चार सुविधा भने पुगेको हो । ‘ शहरमा रहेका छोराछोरीलाई फोन गर्न समेत दुई घण्टा हिडेर बजार जाने गथ्र्यौ, बल्ल मुक्ती पाएका छौं ।’ छोड्केका वीरबहादुर लामाले भने ।

महोत्तरीका यी गाउँ अन्य गाउँको तुलनामा विकट भए पनि पर्यटकीय सम्भावना भने प्रचुर छ । मधेशभित्रै अव्यवस्थित उच्च पहाडले यहाँ आउन चाहने पर्यटकलाई मनोरन्जन दिनसक्ने सम्भावना छ । चट्टान नै चट्टानको यो पहाडमा पुगेपछि यहाँको हरियाली जंगल र प्राचिन बस्तीहरूले मन प्रफुल्ल हुने बर्दिबास–१ का सुदर्शन काफ्लेले बताए ।

यी गाउँहरूलाई तत्कालिन माओवादीहरूले ‘जनयुद्ध’ हुर्काउने र मलजल गर्ने मुख्य थलो बनाएका थिए । भूमिगत माओवादीहरू संगठन विस्तार गर्नेदेखि लिएर पार्टीभित्रका गोप्य छलफल गर्न समेत यी गाउँहरू महत्वपूर्ण बनेको स्थानीय बताउँछन् । अहिले पनि खयरमारा माओवादी गढ नै मानिन्छ । विशेषगरी वडा नम्बर १० र ११ मा पर्ने यी गाउँमा अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादीका उम्मेदवारहरू विजयी बनेका थिए ।

गहुँ, मकै, तोरी तथा पशुपालनवाट जिविकोपार्जन गर्दै आएका स्थानीयमा सिंचाइ अभावले धान खेती कमैले मात्र गर्छन । पशुपालन गरे पनि उत्पादन बिक्री नहुँदा समस्या हुने गरेको स्थानीयको भनाइ छ । ‘दूध बेच्नका लागि बजारसम्म लैजान सम्भव छैन, गाउँमा बिक्री हुँदैन,’ स्थानीय युवा इशारा लामाले भने ।

यी गाउँहरूमा ९८ प्रतिशत जनजाति मात्र बस्छन् । विशेषगरि लामा, तामाङहरूको बाहुल्यता रहेको छ । अझ अचम्मलाग्दो बिषय त के छ भने बर्षायाममा यहाँका बासिन्दा खोलाको वहाव घटबढ भैइरहने हुँदा बजारबाट फर्कने क्रममा जंगलमा नै बास बस्नु पर्ने हुन्छ । ‘खोला कम हुन्छ अनि विहानै घर जाने गर्छौ,’ स्थानीय शान्तिमायाले भनिन् ।

 

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ३ : ०५ बजे

चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

बेइजिङ । चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा

नेपाल-बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौं । बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

दाङ । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका जिल्लामा

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका

आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारलाई सर्‍यो

काठमाडौं । नेकपा एमालेको आज (शनिबार) बस्ने तय गरिएको सचिवालय