२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

मौरिससविरुद्ध लगातार जितको दाउमा नेपाल



काठमाडौं । चोटबाट ‘कमब्याक’ गरेका फरवार्ड विमल घर्ती मगरको निर्णायक गोलमा पहिलो खेल जितेको नेपालले भोलि (मंगलबार) दोस्रो खेलमा समेत दशरथ रंगशालामा मौरिससविरुद्ध खेल्दै छ ।

अपराह्न पौने ५ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा रहनेछ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले आफ्नो दोस्रो टिमबाट समेत जित चाहन्छन् ।

पहिलो खेलमा अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग खेलेका १२ खेलाडी दोस्रो खेलमा समेत रहेका छन् । चोटबाट फर्कने प्रयासमा रहेका र अवसरको खोजीमा रहेका खेलाडीका लागि दोस्रो खेल मौका बन्न सक्नेछ ।

यता, मौरिसससमेत आफ्ना खेलाडी कोरोनाबाट फर्किने हुँदा उच्च मनोबलमा छ । अढाई वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको मौरिसस पहिलो खेलको तुलानामा दोस्रो खेलमा नेपाललाई दबाबमा सृजना गर्ने योजनामा छ ।

पहिलो खेलमा अफ्रिकन राष्ट्र मौरिसस शारीरिक रुपमा बलियो देखिएको थियो । सोहीअनुुसार उसले पहिलो हाफ आफ्नो नियन्त्रणमा राख्दै दुई राम्रा मौकासमेत सृजना गरेको थियो । यद्यपि मौरिसस फिनिसिङमा चुकेको थियो ।

यता, शारीरिक रुपमा बलियो रहेको मौरिससविरुद्ध पहिलो हाफमा फिक्का देखिए पनि नेपालले दोस्रो हाफमा लय समातेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको पत्रअनुसार पाँच हजार दर्शक उपस्थित रहेको मैदानमा विमल घर्ती मगरले ५५औं मिनेटमा गोल गर्दा नेपालले आफ्नो गति समात्यो ।

गोल लगत्तै बारम्बार अवसर बनाएको नेपालले अन्य गोल भने थप्न सकेन । नेपालका अन्जन बिष्ट, जगजित श्रेष्ठ दोस्रो हाफमा गोल गर्नबाट चुकेका थिए ।

पछिल्लो फिफा वरीयताअनुसार नेपाल १६९ औँ स्थानमा छ भने मौरिसस १७२ औँ स्थानमा छ ।

पहिलो खेल खेलेका कप्तान किरण कुमार लिम्बूसहित रक्षक गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुजर जिउ ठकुरी मिडफिल्डर सुमन लामा, सुजल श्रेष्ठ, तेज तामाङ, अन्जन बिष्ट र फरवार्ड आशिष लामा, विमल घर्ती मगर दोस्रो खेलमा समेत प्रशिक्षक अब्दुल्लाहको रोजाइमा छन् ।

दोस्रो खेलमा समेत प्रशिक्षक अब्दुल्लाहले सुरुवाती खेलकै ‘प्लेइङ सेट’ लाई निरन्तरता दिन सक्छन् । पहिलो खेलमा गोल निकाल्न निकै कठिन भएका कारण पनि प्रशिक्षक दोस्रो खेलमा दबाब लिन चाहँदैनन् ।

उनी यदि गोल निस्किएको खण्डमा मात्र नयाँ खेलाडीलाई डेब्यु दिने योजनामा छन् । अघिल्लो खेलमा समेत एक गोल निस्किएपछि अन्तिम समयमा दुई खेलाडीले डेब्यु पाएका थिए ।

डिफेन्सिभ मिडफिल्डर सुदिप गुरुङ र मिडफिल्डर आकाश बुढा मगरले पहिलो खेलमा डेब्यु गरेका हुन् । दोस्रो खेलमा शत्रुघन चौधरी, नविन गुरुङ, आशिष राई, सुशिल राई र प्रशान्त अवस्थी डेब्युको पर्खाइमा रहनेछन् ।

दोस्रो खेलका लागि नेपाली टिम

गोलरक्षकः किरण कुमार लिम्बू (कप्तान), विशाल श्रेष्ठ, सत्रुघन चौधरी

डिफेन्डरः गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी, अनन्त तामाङ,

मिडफिल्डरः पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुभाष गुरुङ, अन्जन बिष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, सुशिल राई, सन्तोष तामाङ

फरवार्डः आशिष लामा, विमल घर्ती मगर, आशिष राई,

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ४ : ५३ बजे

एमालेको महाधिवेशनका लागि यसरी हुँदैछ यातायात व्यवस्थापन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा

तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल

गुल्मी । यहाँको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माण तीन

एनसेलको लापरबाहीविरुद्ध राष्ट्रिय युवा संघको आक्रोश, बुटवल अफिसमा तालाबन्दी

बुटवल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीले एनसेल

भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुशासनका

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छ : मन्त्री घिसिङ

पाटन । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात,