११ बैशाख २०८१, मंगलबार | April 23, 2024

पेस्टोल ताकेर खजुरामा डाँका समुहबाट डकैती



खजुरा । खजुरा गाउँपालिका ४ डी गाउँका हरिबहादुर सुनार आफ्नै घरभित्र डकैतीमा परेका छन् । गयराती सुनार सहित उनका परिवारलाई बन्धक बनाएर डाँकाहरुको समुहले घरभित्रैबाट डकैती गरेर धनमाल लुटेर लगेको छ ।

खजुरा १ नम्बरमा सुन व्यवसाय संचालन गर्दै आएका सुनारलाई हातहतियारसहित पुगेका डाँका समूहले गयराती डेढ बजेको समयमा लुटपाट गरेका हुन् । उनी बस्दै आएको घरको पछाडिको जाली ढोका र भित्री ढोका फुटाएर घरमा प्रवेश गरेका डाँका समुहले परिवारका सबै सदस्यहरुलाई बन्धक बनाएर सुन, नगद र मोटरसाईकल लुटेर लगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डाँका समूहले पहिले हरीबाहदुरका छोरा, छोराका साथीको हात खुट्टा बाँधेर कन्चतमा पेस्टाेल ताकेर हरिबहादुरलाई सुत्ने कोठाको ढोका खोल्न लगाएको र त्यस पछि हरिबहादुरको समेत हात खुट्टा बाँधेर ३ तोला सुन, ३ वटा मोबाईल, मोटर साईकल र नगद करिव ३० हजार लुटपाट गरेर भागेका थिए ।

पीडित सुनारले छोरालाई गोली हान्ने धम्की दिएपछि ढोका खोलेको र त्यसपछि आफुलाई पनि बाँधेर कोठामा रहेको खाटको बक्स फोडेर सुन, नगद, मोबाईल र घर बाहिर रहेको मोटरसाईकल लिएर भागेको बताए ।

सुनारका अनुसार बन्धक बनाइएका सुनारका परिवारले घटनाको केही समय पछि गुहार मागेपछि छिमेकीहरु त्यहाँ पुगेर बन्धकमुक्त गरेका थिए । त्यसपछि मात्रै प्रहरीलाई खबर गरिएको थियो ।

घटनाका सम्बन्धमा अनुस्नधानबाट केहि क्लुहरु फेला परेको र छिट्टै घटनामा संलग्नहरुलाई पक्राउ गरिने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : १३ बजे

गाजा युद्धको विषयमा अमेरिकी विश्वविद्यालयहरूमा विरोध बढ्दै

काठमाडौं । अमेरिकाको कोलम्बिया युनिभर्सिटीदेखि येल युनिभर्सिटी र अन्य राज्यका

कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ